images

२०८३ आश्विन १७ गते

images
images
images

प्रधानमन्त्री कार्कीद्वारा आज सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्री कार्कीद्वारा आज सर्वदलीय बैठक आह्वान

images
images
शुक्रवार, मंसिर १९ २०८२
शुक्रवार, मंसिर १९ २०८२
  • काठमाडौँ । मंसिर १९,  प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा चुनाव को तयारीबारे छलफल गर्न शुक्रबार अपराह्न ४ः०० बजेका लागि सर्वदलीय बैठक आह्वान गरेकी छन्। यसबारे जानकारी प्रधानमन्त्रीको सचिवालयले दिएको हो।

    images
    images

    प्रधानमन्त्री कार्कीले राजनीतिक दलका शीर्ष नेतासँगै जेनजी प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, निर्वाचन आयोग तथा अन्य सम्बन्धित निकायलाई पनि बैठकमा सहभागी हुन निमन्त्रणा गरेकी छन्।

    सरकारले आसन्न चुनावलाई व्यवस्थित र सफल बनाउन सरोकावाला पक्षसँग निरन्तर परामर्श र समन्वय गर्दै आएको छ।

    images
    images

    यसअघि निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको विस्तृत कार्यतालिका सार्वजनिक गरिसकेको छ। प्रमुख दलहरू—कांग्रेस, एमाले, नेकपा, राप्रपा तथा मधेस केन्द्रित दलले चुनावी तयारी र गतिविधि तीव्र पारेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend