images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • आगामी पञ्च वर्षीय क्षयरोग राष्ट्रिय रणनीतिक...

आगामी पञ्च वर्षीय क्षयरोग राष्ट्रिय रणनीतिक योजना तयार हुँदै

आगामी पञ्च वर्षीय क्षयरोग राष्ट्रिय रणनीतिक योजना तयार हुँदै

images
images
बिहिवार, मंसिर १८ २०८२
बिहिवार, मंसिर १८ २०८२
  • काठमाडौं। सरकारले क्षयरोग रोकथाम र नियन्त्रणका लागि आगामी पञ्च वर्षीय क्षयरोग राष्ट्रिय रणनीतिक योजना तयार गर्दैछ। सन् २०२६/२७ देखि २०३०/३१ सम्मलाई केन्द्रित गरी सरकारले आगामी पञ्च वर्षीय योजना तयार गर्न लागेको हो। सन् २०२१/२२ देखि २०२५/२६ का लागि हाल राष्ट्रिय रणनीतिक योजनाले पहिचान गरेका क्षयरोग रोकथाम र नियन्त्रण गतिविधिहरुलाई काम राख्दै नयाँ योजना गर्न लागिएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका तथ्यांक निर्देशक वीरबहादुर रावलले बताए। 

    images
    images

    योजा तयारका निम्ति क्षयरोग कार्यक्रमको क्षेत्रमा काम गर्ने स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय, अस्पतालका गरी सरकारी र गैरसरकारी संस्थाका ३० जना प्रतिनिधिबीच छलफल भएको छ। कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा यदुचन्द्र घिमिरेको प्रमुख आतिथ्यता र राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा श्रीराम तिवारीको अध्यक्षतामा दुई दिने गोष्ठी भएको थियो। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend