images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • प्रहरी महानिरीक्षक कार्कीबाट कर्णाली प्रदेशका प्रहरी...

प्रहरी महानिरीक्षक कार्कीबाट कर्णाली प्रदेशका प्रहरी इकाइहरूलाई निर्देशनात्मक सम्बोधन

प्रहरी महानिरीक्षक कार्कीबाट कर्णाली प्रदेशका प्रहरी इकाइहरूलाई निर्देशनात्मक सम्बोधन

images
images
बुधवार, मंसिर १७ २०८२
बुधवार, मंसिर १७ २०८२
  • काठमाडौँ । मंसिर १७, प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीज्यूले कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज), जिल्ला प्रहरी कार्यालय बाँके तथा जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशनात्मक सम्बोधन गर्नुभएको छ।

    images
    images

    सम्बोधनका क्रममा उहाँले पछिल्ला सुरक्षा चुनौती, समुदायसँग सहकार्य, अपराध नियन्त्रणमा प्रविधिको प्रभावकारी उपयोग तथा संगठनभित्रको अनुशासन सुदृढीकरणका विषयमा विशेष ध्यानाकर्षण गराउनुभयो। आईजीपी कार्कीले सेवा–सुविधा, व्यवहार, पारदर्शिता र दायित्वपालनमा उच्च पेशेवरिता अपनाउनुपर्ने भन्दै प्रत्येक तह–स्तरका प्रहरीलाई जिम्मेवारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गर्नुभयो।

    उहाँले प्रदेश तथा जिल्ला तहका प्रहरी संरचनाहरूको निरीक्षण गर्दै स्थानीय सुरक्षा अवस्थाबारे जानकारी लिँदै आवश्यक निर्देशनहरू समेत प्रदान गर्नुभएको थियो।

    images
    images

    प्रहरी संगठनको विश्वसनीयता जनता–प्रतिको सेवाभाव र परिणाममुखी कार्यशैलीले नै निर्धारण गर्ने भन्दै आईजीपी कार्कीले सबै प्रहरीलाई ूजनताको प्रहरीू को पहिचानलाई अझ सुदृढ बनाउन आह्वान गरे।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend