images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • क्यान्सर उपचार र अनुसन्धानबारे काठमाडौं क्यान्सर...

क्यान्सर उपचार र अनुसन्धानबारे काठमाडौं क्यान्सर सेन्टरको अन्तरक्रिया जनकपुरमा सम्पन्न

क्यान्सर उपचार र अनुसन्धानबारे काठमाडौं क्यान्सर सेन्टरको अन्तरक्रिया जनकपुरमा सम्पन्न

images
images
मंगलवार, मंसिर १६ २०८२
मंगलवार, मंसिर १६ २०८२
  • काठमाडौं।  काठमाडौं क्यान्सर सेन्टरले क्यान्सर उपचारका आधुनिक विधि, प्रविधिको विकास र नेपालमै भइरहेको अनुसन्धानबारे जनकपुरधाममा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा नेपालमा क्यान्सर उपचारका अत्याधुनिक सुविधा उपलब्ध भइसकेका छन् भन्ने तथ्यलाई चिकित्सक तथा सर्वसाधारणबीच व्यापक रूपमा प्रचार–प्रसार गर्नुपर्नेमा सहभागीहरूले जोड दिए।

    images
    images

    काठमाडौं क्यान्सर सेन्टरबाट गएका विशेषज्ञ टोलीले जानकी मेडिकल कलेजका चिकित्सक तथा विद्यार्थीहरूसँग क्यान्सर उपचारका चुनौती, नवीनतम प्रविधि र नेपालमै भइरहेको अनुसन्धानबारे विस्तृत छलफल गर्यो।त्यस्तै, सयभन्दा बढी चिकित्सकको उपस्थिति रहेको कार्यक्रममा देशमा बढ्दै गएको क्यान्सरका जोखिम, उपचार मोडालिटी र विकसित हुँदै गएको स्वास्थ्य प्रविधिबारे व्यापक विचार–विमर्श गरिएको सेन्टरकी ह्युमन रिसोर्स हेड वर्षा कोइरालाले जानकारी गराइन्।

    उनका अनुसार मधेस प्रदेशमा देखिन थालेका क्यान्सरका स्वरूप र त्यससँग सम्बन्धित जोखिम कारकबारे चिकित्सकबीच गहन कुराकानी भएको थियो।अन्तरक्रियामा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. अंकुर साह, काठमाडौं क्यान्सर सेन्टरका कार्यकारी अध्यक्ष डा. सीमित सापकोटा, डा. अवधेश कुमार साह, डा. अमित मिश्रसहित अन्य विशेषज्ञहरूको सक्रिय सहभागिता रहेको थियो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend