images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको...

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा,

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा,

images
images
शुक्रवार, मंसिर १२ २०८२
शुक्रवार, मंसिर १२ २०८२
  • सुनसरी । १२ मङ्सिर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पछिल्ला वर्षहरूमा बढ्दै गएको आर्थिक अनियमितताको आरोपपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार प्रतिष्ठानमा छापा मार्दै महत्वपूर्ण कागजात तथा अभिलेख नियन्त्रणमा लिएको छ।

    images
    images

    अख्तियारको इटहरी कार्यालयका अधिकृत अकिल बस्नेत नेतृत्वको तीन सदस्यीय टोलीले विभिन्न शीर्षकमा दर्ता भएका उजुरीको आधारमा प्रतिष्ठानका विभाग तथा कार्यालयहरूमा पुगेर आवश्यक फाइल, कागजात तथा कागजी प्रमाण सङ्कलन गरेको हो। इटहरी कार्यालयका सूचना अधिकारी उपसचिव रोशन अर्यालका अनुसार आर्थिक अनियमितता, नियम विपरीत खर्च, मिलेमतोमा टेन्डर, बाह्य क्लिनिक सञ्चालन लगायतका आरोप बारे तथ्यगत अध्ययन तथा प्रमाण सङ्कलनका लागि टोली पठाइएको हो।

    फार्मेसीमा अनियमितता, खरिददेखि स्टक व्यवस्थापनसम्मका कागजात नियन्त्रणमा अख्तियारका अनुसार प्रतिष्ठानअन्तर्गत सञ्चालित अस्पताल फार्मेसीमा औषधि खरिद, बिलिङ, भण्डारण तथा वितरण प्रक्रियामा अनियमितता भएको आरोप छ। यस प्रकरणमा सम्बन्धित सबै कागजपत्र आयोगले नियन्त्रणमा लिएर छानबिन प्रक्रिया सुरु गरेको बुझिएको छ।

    images
    images

    मातृशिशु भवन निर्माणमा ठूलो रकम खर्च–स्वीकृतभन्दा करिब तीन गुणा बढी ७६ करोड रुपैयाँ स्वीकृत बजेटमा निर्माण सुरु गरिएको मातृशिशु भवनमा २ अर्ब ४९ करोड रुपैयाँभन्दा बढी खर्च गरिएको आरोप छ। बजेट स्वीकृतिबिना, सार्वजनिक खरीद नियमावली उल्लङ्घन गर्दै खर्च बढाइएको आरोपमा अख्तियारले टेन्डर, डिजाइन, लागत अनुमान, बिल भुक्तानी सम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको छ। आयोग यसमा छुट्टै प्राविधिक जाँच–जाँच पनि गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ।

    डेण्टल विभागको खरिदमा मिलेमतोको आरोप, डेण्टल विभागमा उपकरण तथा सामग्री खरिदका क्रममा व्यवसायी चेतन अग्रवालसँग मिलेमतो गरेर टेन्डर स्वीकृत गरिएको आरोपसमेत दर्ता भएको छ।
    हाल प्रतिष्ठानले उक्त टेन्डर प्रक्रिया बदर गरिसकेको भए पनि अख्तियारले उजुरीका आधारमा छानबिन अघि बढाएको छ।

    नियमविपरीत निजी क्लिनिक सञ्चालनसमेत छानबिनको दायरामा प्रतिष्ठानमा कार्यरत चिकित्सकले निजी क्लिनिक सञ्चालन गर्न नपाउने भए पनि मेडिसिन विभाग प्रमुख डा. रबिन मास्के लगायतका चिकित्सकले बुद्धचोकमा निजी क्लिनिक सञ्चालन गरेको उजुरी दर्ता भएको छ।
    अख्तियारले यस विषयमा पनि आवश्यक कागजात सङ्कलन गरी अनुसन्धान अघि बढाएको छ।

    पूर्व–उपकुलपतिदेखि प्रशासनिक निर्णयसम्म छानबिनको घेरामा, पूर्व उपकुलपति डा.ज्ञानेन्द्र गिरी र डा. बलभद्र प्रसाद दासको कार्यकालमा विभागीय खर्च, निर्माण आयोजना, औषधि खरिद तथा प्रशासनिक निर्णयहरूमा ठूलो अनियमितता रहेको भन्दै दर्ता भएका उजुरीका आधारमा आयोगले सम्बन्धित निर्णयपत्र, नोटशीट, वित्तीय अभिलेख तथा लेखापरीक्षण विवरण नियन्त्रणमा लिएको छ।

    प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद संग्रौलाले अख्तियारको टोली आएर कागजात लिएर गएको पुष्टि गर्दै भने
    छानबिनमा संस्थाले सबै आवश्यक सहयोग पुर्‍याउनेछौं।

    राजनीतिक हस्तक्षेपले संस्थामा भ्रष्टाचार बढ्दो स् उद्योग वाणिज्य संघ उद्योग वाणिज्य संघ, धरानका वरिष्ठ उपाध्यक्ष महेन्द्र प्रधानका अनुसार पछिल्लो समय प्रतिष्ठानमा हुने राजनीतिक नियुक्ति तथा गलत व्यक्तिको व्यवस्थापनका कारण प्रतिष्ठान “भ्रष्टाचारमा चुर्लुम्म डुबेको” छ।
    उनका अनुसार चिकित्सा शिक्षा तथा स्वास्थ्यसेवा क्षेत्रमा अग्रणी प्रतिष्ठान राजनीतिक हस्तक्षेपका कारण कमजोर बन्दै गएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend