images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • स्वास्थ्य क्षेत्र दिगो विकास लक्ष्यको ४३...

स्वास्थ्य क्षेत्र दिगो विकास लक्ष्यको ४३ सूचकमध्ये १५ मा मात्र उपलब्धि हासिल

स्वास्थ्य क्षेत्र दिगो विकास लक्ष्यको ४३ सूचकमध्ये १५ मा मात्र उपलब्धि हासिल

images
images
शुक्रवार, मंसिर १२ २०८२
शुक्रवार, मंसिर १२ २०८२
  • काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्र दिगो विकास लक्ष्य एसडिजीको ४३ सूचकमध्ये १५ वटा सूचकमा मात्र उपलब्धि हासिल गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा बोल्दै नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्णप्रसाद पौेडेलले हालसम्म १५ वटा सूचकमा मात्र उपलब्धि हासिल भएको बताए।

    images
    images

    एसबीएस डेलिभरी, एचआईभी संक्रमण, हेपाटाइटिस बी प्रिभेलेन्स, एलएफ केसेस, टिएफआर, एएनसी, संस्थागत डेलिभरी र खोपका क्षेत्रमा मात्र स्वास्थ्य मन्त्रालयले दिगो विकास लक्ष्यको उपलब्धि हासिल गरेको छ। यी १४ वटा सूचकलाई निरन्तरता दिँदै दिगोपन बनाउनु चुनौतीपूर्ण रहेको उनले बताए।बाँकी १४ वटा सूचक प्राप्तिमा चुनौती भएपनि त्यसका लागि प्रभावकारी कामहरु भइरहेको उनले बताए। ५ वर्ष मुनिका बालबालिकाको मृत्युदर, बेवास्ता गरिएका ट्रपिकल रोगहरु (मलेरिया, कालाजार), नसर्ने रोग, सडक दुर्घटना, सुर्तिजन्य पदार्थको प्रयोग र स्वास्थ्यको जिडिपीमा उपलब्धि हासिल गर्न चुनौतीपूर्ण रहेको उनले बताए।

    अन्य १४ वटा सूचकमा उपलब्धिप्राप्त गर्न झनै चुनौतीपूर्ण देखिएको उनले बताए। मातृ मृत्युदर, नवजात शिशुको मृत्युदर, टिबी, आत्महत्या, किशोरी अवस्थाको जन्मदर, पाठेघरको मुखको क्यान्सर, डेंगु र ओओपीमा थप काम र लगानी आवश्यक भएको उनले बताए। उनले भने, ‘यी चुनौतीहरु अलि ठूला देखिन्छन्। यी १४ वटा सूचकमा हामीले धेरै मेहनत गर्नुपर्नेछ। हामीलाई थप मेहनत, थप लगानी र स्रोत साधनको आवश्यक देखिन्छ।’राष्ट्रिय योजना आयोगले एसडीजीका उपलब्धी हासिल गर्न २६४ दशमलव २८ बिलियन बजेट आवश्यक रहेको बताएको थियो। जसमा स्वास्थ्य जनशक्तिका लागि ८४ दशमलव ४६ बिलियन, स्वास्थ्य सेवाका लागि ७१ दशमलव ५३ र स्वास्थ्य संरचनाका लागि ३१ बिलियन बजेट आवश्यक भएको डा पौडेलले बताए। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend