काठमाडौँ । मंसिर १२, नेपालमा पछिल्लो समय भिटामिन डीको कमी व्यापक रूपमा देखिएको छ। चिकित्सकहरूका अनुसार अस्पतालमा शरीर दुख्ने, थकान र मांसपेसी सम्बन्धी समस्या लिएर आउने करिब ९० प्रतिशत बिरामीमा भिटामिन डीको कमी भेटिएको छ। अध्ययनहरूले नेपालीहरूमा भिटामिन डीको मात्रा सामान्य मानक ३० (एनजी।एमएल) भन्दा धेरै कम, १०–२० को हाराहारीमा मात्र रहेको देखाएका छन्।
चिकित्सकहरूले चेतावनी दिएका छन् कि भिटामिन डीको लामो समयसम्मको कमीले हड्डी कमजोर हुने, बाङ्गो हुने, प्रतिरक्षा प्रणाली कमजोर बन्ने तथा बाथरोग बढ्न सक्ने जोखिम उच्च हुन्छ।
मुख्य कारणहरूमा सहरी जीवनशैली, घाममा कम बस्ने बानी, इनडोर काम, तथा भिटामिन डी युक्त खाना कम सेवन प्रमुख रहेका छन्।
विशेषज्ञहरूले बिहानको २०–२५ मिनेट घाम खाने, दूधजन्य परिकार, माछा, अण्डा, कलेजो, च्याउ जस्ता भोजन सेवन गर्ने र आवश्यकता परे डाक्टरको सल्लाहमा सप्लिमेन्ट लिन सुझाव दिएका छन्।




.gif)





