images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • पोखरामा मंसिर १७ देखि राष्ट्रिय औद्योगिक...

पोखरामा मंसिर १७ देखि राष्ट्रिय औद्योगिक व्यापार मेला

पोखरामा मंसिर १७ देखि राष्ट्रिय औद्योगिक व्यापार मेला

images
images
बुधवार, मंसिर १० २०८२
बुधवार, मंसिर १० २०८२
  • नारायण क्षेत्री,पोखरा। पोखरामा मंसिर १७ गतेदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक मेला आयोजना हुने भएको छ । आयोजक पोखरा उद्योग वाणिज्य संघले मंगलबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी २२ गते सम्म नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा क्यान इन्फोटेक मेला आयोजना हुने जनाएको हो ।

    images
    images

    पोखरा लगायत राष्ट्रको औद्योगिक, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, पर्यटन लगायत कृषिजन्य उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पुग्ने उद्देश्यले मेला आयोजना गरिएको संघको भनाइ छ । गत भदौ २२ र २३ गते भएको जेनजी आन्दोलका कारण आर्थिक गतिविधि सुस्त भएकाले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन मेलाले सघाउ पुग्ने मेला संयोजक एवं पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकण कार्कीले जानकारी दिए । पैसा कमाउन भन्दापनि उद्यमशिलताका लागि मेला आयोजना गरिएको उनको भनाइ छ ।

    नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने मेलामा डोमतर्फ ७८ सहित करिब १ सय २० वटा स्टल रहने छन् । ५ दिने मेलामा प्रवेश निशुल्क गरिएको छ । मेलमा औद्योगिक उत्पादन, हस्तकला, पुष्प, अटो, सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको गतिविधि लगायत दैनिक उपभोग्य वस्तु लगायतका सामानहरुको विक्रिवितरणको व्यवस्था समेत मिलाइएको छ । त्यस्तै मेलमा क्यनसँग आवद्ध तथा सूचनाप्रविधिको क्षेत्रसँग सम्बन्धित उपकरणहरुलाई बिक्रीका लागि राखिने छ । मेलाबाट ५० लाख आम्दानी र ४५ लाख खर्च हुने आयोजकको अनुमान छ । मेला आयोजनाबाट बचत भएको रकम उद्यमशीलता प्रवद्र्धन तथा व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि खर्च गरिने संघले जनाएको छ ।२०११ सालमा स्थापित पोखरा उद्योग बाणिज्य संघ पोखराको सहरीकरण भन्दापनि जेठो हो । २०४२ सालको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा २०५२ मा पोखरा महोत्सवपछि देशैभर उद्योग बाणिज्य संघहरुले मेला र महोत्सव आयोजना गर्न थालेका हुन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend