images

२०८३ आश्विन १९ गते

images
images
images

एक सातामा ५५ जनामा देखियो डेंगु, ७ हजार नाघे सङ्क्रमित

एक सातामा ५५ जनामा देखियो डेंगु, ७ हजार नाघे सङ्क्रमित

images
images
सोमवार, मंसिर ८ २०८२
सोमवार, मंसिर ८ २०८२
  • काठमाडौं।  पछिल्लो एक सातामा देशभर ५५ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीले सार्वजनिक गरेको तथ्यांक अनुसार यो साता १ सय ९ जनामा डेंगु परिक्षण गर्दा ५५ जनामा पोजेटिभ देखिएको हो । योसँगै नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या ७ हजार ८ सय ८२ पुगेको छ । 

    images
    images

    बागमती प्रदेशमा सङ्क्रमितको सङ्ख्या २ हजार २५ पुगेको छ भने गण्डकीमा २ हजार, लुम्बिनीमा १ हजार ३ सय ४, कोशीमा १ हजार ८, सुदूरपश्चिममा ८ सय ४५, कर्णालीमा ५ सय २४ र मधेश प्रदेशमा १ सय ७६ जनामा डेंगुको सङ्क्रमण देखिएको इडिसिडीले जनाएको छ । 

    गर्मी र वर्षातको समयमा ताराई क्षेत्रमा मात्र देखिने डेंगु पछिल्लो समय बाह्रै महिना तथा हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असामान्य वृद्धि हुनु, वर्षा चक्रको अनियमियताले डेंगुको सङ्क्रमण बढ्दै गएको चिकित्सकहरू बताउँछन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend