काठमाडौँ, मंसिर ०७ । पोखरामा मंसिर लागेसँगै महोत्सव सिजन औपचारिक रूपमा सुरु भएको छ। प्रत्येक वर्षजस्तै यस वर्ष पनि मंसिरदेखि माघसम्म विभिन्न क्षेत्रमा ठूला–साना गरी एक दर्जनजति मेला तथा महोत्सव आयोजना हुनेछन्।
पर्यटकीय सहर पोखरामा मात्र पाँचवटा मुख्य महोत्सव आयोजना हुने परम्परा रहेको छ। तीमध्ये पोखरा औद्योगिक व्यापार मेला, लेखनाथ महोत्सव र पोखरा महोत्सव मुख्य आकर्षणका रूपमा हरेक वर्ष एकपछि अर्को हुँदै सञ्चालन हुँदै आएका छन्।
पोखरा औद्योगिक व्यापार मेलाबाट सिजनको सुरुआत,यो वर्षको महोत्सव सिजन मंसिर १७ देखि २१ गतेसम्म हुने पोखरा उद्योग वाणिज्य संघको पोखरा औद्योगिक व्यापार मेला बाट सुरु हुँदैछ।
विगतमा १२ दिनसम्म सञ्चालन हुने यो मेला यस वर्ष घटेर ५ दिनमा सीमित गरिएको छ। मेला पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा हुने छ।
लेखनाथ महोत्सव १२ दिनसम्म,यसपछि पुस ३ देखि १४ गतेसम्म लेखनाथ उद्योग वाणिज्य संघले लेखनाथ महोत्सवको २१ औँ संस्करण आयोजना गर्दैछ।
संघका अध्यक्ष जानुका पराजुली अधिकारीका अनुसार विभिन्न जातजाति, भाषा–भाषीलाई एक स्थलमा समेट्दै क्षेत्रको पहिचान विस्तार गर्ने उद्देश्यले महोत्सव आयोजना भइरहेको हो।
महोत्सव मार्फत स्थानीय उत्पादनको बजारीकरण, कृषि तथा महिला उद्यमीका सामग्री प्रदर्शन–विक्रि र बजार चलायमान बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।
पोखरा महोत्सव माघ पहिलो सातासम्म,युनाइटेड क्लब पोखराले आयोजना गर्ने पोखरा महोत्सव पुस अन्तिम साताबाट सुरु भई माघ पहिलो सातासम्म चल्नेछ।
अंग्रेजी नयाँ वर्ष पोखरा सडक महोत्सव,लेकसाइडको खहरेदेखि बसुन्धरा पार्कसम्म करिब ३ किलोमिटर क्षेत्रव्यापी आयोजना हुने पोखरा सडक महोत्सव हरेक वर्षजस्तै यसपटक पनि पुस १३ देखि १७ गतेसम्म हुनेछ।
सडकमै खान, नाच्न र रमाउन पाइने भएकाले यो महोत्सव पोखराको प्रमुख ‘स्ट्रीट फेस्ट’ का रूपमा प्रसिद्ध छ।
धार्मिक–सांस्कृतिक मेलाहरू पनि आकर्षण,यसै सिजनमा पोखरा–१७ स्थित सितापाईलामा ढुंगेसाँघु मेला माघे सङ्क्रान्तिका दिन लाग्नेछ। यहाँ माघे स्नानसँगै तरुल र लड्डु खान मिल्ने भएकाले धार्मिक तथा सांस्कृतिक महत्व अत्यधिक छ।
मादी–सिक्लेस, माछापुच्छ्रे गाउँपालिकाको तातोपानी, अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक लगायत नजिकका क्षेत्रमा पनि माघे सङ्क्रान्ति तथा अन्नपूर्ण दिवसको अवसरमा विभिन्न महोत्सव आयोजना हुनेछन्।
यो वर्ष बलुन महोत्सव नहुने,गत वर्ष आकर्षण बन्दा आएको बलुन महोत्सव भने यस वर्ष आयोजना नहुने आयोजकहरूले जनाएका छन्।
पोखरा र आसपासका क्षेत्रका यी महोत्सवहरूले स्थानीय अर्थतन्त्र, पर्यटन र सांस्कृतिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।




.gif)





