images

२०८३ आश्विन १९ गते

images
images
images

निःशुल्क आँखा जाँच शिविरबाट २०७ जना लाभान्वित

निःशुल्क आँखा जाँच शिविरबाट २०७ जना लाभान्वित

images
images
आइतवार, मंसिर ७ २०८२
आइतवार, मंसिर ७ २०८२
  • काठमाडौं । हिमालय क्लबको आयोजना एवं दृष्टि आँखा अस्पताल नयाँबजारको प्राविधिक सहयोगमा पोखराको बाटुलेचौरमा शनिबार सम्पन्न निशुल्क आँखा जाँच शिविरबाट दुई सय सात जना लाभान्वित भएका छन् ।दृष्टि विशेषज्ञ डा. प्रिन्सा बास्तोला, नेत्र सहायक प्रसिद्धी शाही र स्नेहा पुरीले सेवाग्राहीको आँखा परीक्षण गरेका थिए । सो क्रममा ३५ जनामा मोतियाविन्दुको समस्या देखिएको क्लबका अध्यक्ष मोहन थापाले जानकारी दिए । मोतियाविन्दु देखिएका बिरामीको अस्पतालको समवन्यमा उपचार गरिने जनाइएको छ ।

    images
    images

    गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले सामाजिक सङ्घसंस्थाले जनताका प्रत्यक्ष सरोकारका विषयमा काम गर्नुपर्ने बताउँदै स्वस्थ नागरिकबाट मात्रै समृद्ध समाज निर्माण गर्न सकिनेमा जोड दिए ।क्लबका अध्यक्ष थापाले समाजिक उत्तरदायित्व बहन गर्दै शिविर आयोजना गरिएको जानकारी दिए । अस्पतालका अध्यक्ष शिव पोखरेलले आँखालाई सुरक्षित राख्न नियमित परीक्षण गर्नुपर्ने आवश्यकता औँल्याए ।

    बिरामीलाई निःशुल्क औषधि वितरण र सहुलियत दरमा चश्मा वितरण गरिएको शिविरबाट लामाचौर, बाटुलेचौर, घार्मी, कुरेचौर, हरिपाउँ, अर्मला, भलामलगायत आसपासका क्षेत्रका बासिन्दा लाभान्वित भएको आयोजकले जनाएको छ । यसअघि क्लबले मुटुसम्बन्धी जाँच, महिलाको पाठेघरको मुखको क्यान्सर ‘स्क्रिनिङ टेस्ट’ लगायत विभिन्न स्वास्थ्य जाँच गरी नागरिकलाई सेवा प्रदान गर्दै आएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend