images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • हेटौंडामा १५ दिनभित्र सडक सीमाभित्रका संरचना...

हेटौंडामा १५ दिनभित्र सडक सीमाभित्रका संरचना हटाउने अल्टिमेटम

हेटौंडामा १५ दिनभित्र सडक सीमाभित्रका संरचना हटाउने अल्टिमेटम

images
images
शुक्रवार, मंसिर ५ २०८२
शुक्रवार, मंसिर ५ २०८२
  • मकवानपुर । सडक डिभिजन कार्यालय हेटौंडाले बजार क्षेत्रमा पर्ने सडक सीमाभित्रका संरचना हटाउन १५ दिने अल्टिमेटम जारी गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म सडकको केन्द्र रेखादेखि २५–२५ गज (७५–७५ फिट) भित्र बनेका स्थायी तथा अस्थायी घर–टहरा, पर्खाल तथा अन्य संरचना हटाउन निर्देशन दिएको हो ।सरकारले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको चौडाइ मापदण्डअनुसार कायम गर्ने नीति अनुसार संरचना हटाउन लागिएको डिभिजन कार्यालयले स्पष्ट गरेको छ। विज्ञप्तिमा तोकिएको समयभित्र स्वेच्छाले संरचना नहटाए कानुनअनुसार कारबाही र बल प्रयोग गरी हटाइने चेतावनीसमेत दिइएको छ ।

    images
    images

    हेटौंडा बजार क्षेत्रमा २५–२५ गज चौडाइ कायम गर्ने योजना करिब पाँच दशकअघिदेखि पटक–पटक अघि सारिए पनि यथार्थमा सडक विस्तार भने कहिल्यै अघि बढ्न सकेको छैन। पूर्वाधार विस्तारका नाममा सूचना जारी हुने तर व्यवहारमा काम नहुने परम्परा दोहोरिन सक्ने भन्दै स्थानीयवासी र व्यापारीहरू कार्यान्वयनबारे शंका व्यक्त गरिरहेका छन् ।यातायात चाप बढ्दै गएको, सडक साँघुरो हुँदा दुर्घटना जोखिम बढेको र बजार क्षेत्रमा दैनिक जाम समस्या बनेको अवस्थालाई समाधान गर्न सडक विस्तार अपरिहार्य रहेको सरोकारवालाको तर्क छ । तर भूतपूर्व झैँ मुआब्जा, राजनीतिक दबाब र स्थानीय प्रतिरोधका कारण यो सूचना पनि कागजमै सीमित हुने हो कि भन्ने चासो भने यथावत् छ ।१५ दिनभित्र हटाउने भनिए पनि, वास्तविक रूपमा हेटौंडाको सडक विस्तार कहिले हुने हो भन्ने प्रश्नमा भने अझै स्पष्टता देखिएको छैन ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend