images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • कोटेसनबाट गरिने खरिद तत्काल रोक्न स्वास्थ्यमन्त्री...

कोटेसनबाट गरिने खरिद तत्काल रोक्न स्वास्थ्यमन्त्री थापाको निर्देशन

कोटेसनबाट गरिने खरिद तत्काल रोक्न स्वास्थ्यमन्त्री थापाको निर्देशन

images
images
आइतवार, कार्तिक ३० २०८२
आइतवार, कार्तिक ३० २०८२
  • हेटौँडा । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रमा हुने सबै प्रकारका खरिद प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन कोटेशन प्रणाली तत्काल बन्द गर्न निर्देशन दिएका छन् । उनले खरिद प्रक्रियालाई पारदर्शी र मितव्ययी बनाउन अनिवार्य रूपमा टेन्डर प्रक्रियामार्फत मात्र गर्न निर्देशन दिएका हुन् ।आइतबारबाट हेटौँडामा सुरु भएको मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले निर्देशन विपरीत खरिद कार्य कोटेसन मार्फत गरेमा कारबाही गर्ने चेतावनी समेत दिए । सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा मन्त्रालयले शून्य सहनशीलता अपनाउने बताए ।

    images
    images

    ‘अबदेखि मन्त्रालय मातहतका कुनै पनि निकायले कोटेसनबाट सामग्री खरिद गर्न पाउने छैन । अत्यावश्यक अवस्थामा मन्त्रालयको पूर्वस्वीकृति लिएर मात्रै यस्तो निर्णय लिन सकिनेछ’ मन्त्री थापाले भने, ‘यदि कसैले यो निर्देशन विपरीत काम गर्छ भने त्यसको कारबाहीको भागीदार स्वयं हुनुपर्नेछ । स्वास्थ्य क्षेत्रमा बिचौलियाहरूको चलखेल बढेको र उनीहरुले आफ्नो अनुकूल काम नहुँदा इमानदार कर्मचारी र संस्थालाई बदनाम गराउने गरेको छन् । यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न खरिद प्रक्रिया टेन्डर मार्फत गर्नुपर्छ ।’

    मन्त्री थापाले तीनै तहका सरकार (सङ्घीय, प्रदेश र स्थानीय) बिच समन्वयको अभावले स्वास्थ्य कार्यक्रमहरूमा दोहोरोपना आउने र प्रभावकारी कार्यान्वयनमा चुनौती थपिएको बताए । सङ्घीय सरकारबाट आउने बजेटमा ढिलाइ हुँदा कार्यक्रम प्रभावित हुने गरेको गरेको उनले बताए ।मन्त्री थापाले कर्मचारीतन्त्रमा जबाफदेहिता बढाउन अबदेखि मन्त्रालय मातहतका सबै कर्मचारीको मासिक प्रगति विवरण अनिवार्य रूपमा मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था गरिएको बताए । काठमाडौँ, ललितपुर, भक्तपुर र चितवनजस्ता जिल्लाहरूमा धेरै निजी अस्पताल, पोलिक्लिनिक र डेन्टल क्लिनिकहरूले दर्ता तथा नवीकरण नगरेको उनको भनाई छ ।

    images
    images

    मन्त्री थापाले त्यस्ता संस्थाहरूलाई तत्काल प्रक्रियामा आउन आग्रह गरे । सम्बन्धित जिल्लाका जनस्वास्थ्य कार्यालय प्रमुखहरूलाई नवीकरण नगर्ने संस्थाहरूको तथ्याङ्क सङ्कलन गरी आवश्यक कारबाही अगाडि बढाउन उनले निर्देशन दिए ।प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको विकासका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत एमबीबीएस, एमडी, बीएससी नर्सिङ जस्ता शैक्षिक कार्यक्रमहरू सञ्चालन गरेको र आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालाई पनि प्राथमिकतामा राखेर अगाडि बढेको मन्त्री थापाको भनाई छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend