images

२०८३ आश्विन १९ गते

images
images
images

यी हुन् पित्तथैलीमा पत्थरी बनाउने चार खानेकुरा

यी हुन् पित्तथैलीमा पत्थरी बनाउने चार खानेकुरा

images
images
आइतवार, कार्तिक ३० २०८२
आइतवार, कार्तिक ३० २०८२
  • काठमाडौँ । पित्तथैली कलेजोको ठ्याक्कै पछाडि रहेको सानो, नासपाती आकारको अंग हो । यसको काम बोसो पचाउन सानो आन्द्रामा पित्त छोड्नु हो । यदि यसले छाडेको पित्त कडा हुन थाल्यो भने यो पत्थरीमा परिणत हुन्छ, जसलाई पित्तथैलीको पत्थरी भनिन्छ ।

    images
    images

    धेरैजसो अवस्थामा पित्तथैलीमा पत्थरी भएका बिरामीहरूको लागि शल्यक्रिया एक मात्र विकल्प हो । यसको सबैभन्दा ठुलो कारण यही हो कि लगभग ७० प्रतिशत बिरामीमा पित्तथैलीको पत्थरीको लक्षण प्रारम्भिक चरणमा स्पष्ट देखिँदैन । तपाईं पनि अस्पताल गएर पित्तथैलीको शल्यक्रियामा ५०/६० हजार बर्बाद गर्न चाहनु हुन्न भने अहिलेदेखि नै सावधानी अपनाउन सुरु गर्नुस् । आफ्नो आहारमा यी चार खानेकुराहरूको मात्रा नियन्त्रण गरेर तपाईंले पित्तथैलीमा पत्थरीको सम्भावना घटाउन सक्नुहुन्छ ।

    • प्रशोधित खानाहरू

    प्रशोधित खानाहरू आजकल सबैको पहिलो रोजाई बनेको छ । धेरैजसो मानिस हरेक दिन केही मात्रामा प्रशोधित खानेकुरा खान्छन् । स्वादबाहिर गएर तपाईंले आफ्नो स्वास्थ्यलाई विचार गर्नुभयो भने यी खानेकुरा विषभन्दा कम छैनन् । यसको थोरै मात्राले पनि मुटु, कलेजो, मिर्गौला र आन्द्रा जस्ता महत्त्वपूर्ण अङ्गलाई हानि पुर्‍याउन सक्छ । यसमा पित्तथैलीको पत्थरीको जोखिम पनि छ । प्रशोधित खानेकुरामा अस्वस्थ चिल्लो त हुन्छ नै उच्च मात्रामा चिनी पनि हुन्छ, जसले कोलेस्ट्रोलको स्तर बढाउन योगदान पुर्‍याउँछ ।

    images
    images
    • उच्च चिनी भएका खाना

    चिनी चिनीको रूपमा मात्रै नभएर प्याकेट वा बोतलमा आउने खाद्य वा पेय वस्तुहरूबाट पनि तपाईंको पेटमा पुगिरहेको छ । त्यसैले तपाईं घर बाहिरको खानेकुरा खाना बढी खाइरहनु भएको छ भने तपाईंमा प्रतिकूल प्रभावहरूको जोखिम द्रुत रूपमा बढ्दै गइरहेको छ । उच्च चिनीले बोसो र कोलेस्ट्रोल बढाउन जानिन्छ, जसले पित्तथैलीको पत्थरी निम्त्याउन सक्छ ।

    • रातो मासु

    रातो मासुमा उच्च मात्रामा स्याचुरेटेड चिल्लो र कोलेस्ट्रोल हुन्छ । ठुलो मात्रामा यसको सेवन गर्दा पित्तथैलीको पत्थरीको जोखिम बढाउँछ । यसबाहेक, यी खानेकुराहरूले पित्तथैलीको पत्थरीका लक्षणहरूलाई अझ खराब बनाउँछन् ।

    • तारेका खानेकुरा

    तेलमा तारेको वा भुटेको खानेकुराहरू अस्वस्थ बोसो, उच्च चिनी र उच्च कोलेस्ट्रोल हुन्छ । तपाईंलाई तेलमा फ्राइ गरिएका खानेकुरा मन पर्छ भने आफूलाई नियन्त्रणमा राख्नु आवश्यक छ । यी खानाहरूले मुटु र कलेजोलाई त हानी पुर्‍याउँछन् नै पित्त रसलाई ढुङ्गामा परिणत गराउने काम पनि गर्छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend