images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • सार्वजनिक शिक्षा सुधारको कार्य योजना बनाउन...

सार्वजनिक शिक्षा सुधारको कार्य योजना बनाउन कर्णालीमा शिक्षा सम्मेलन सुरु

सार्वजनिक शिक्षा सुधारको कार्य योजना बनाउन कर्णालीमा शिक्षा सम्मेलन सुरु

images
images
मंगलवार, भाद्र २५ २०८१
मंगलवार, भाद्र २५ २०८१
  • काठमाडौं ।(सुर्खेत)कर्णालीमा प्रदेश स्तरिय सार्वजनिक शिक्षा सम्मेलन सुरु भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा मंगलबारदेखि सार्वजनिक शिक्षा सुधारको कार्य योजना बनाउन सम्मेलन सुरु भएको हो । उक्त सम्मेलन तीन दिनसम्म चल्ने छ । 

    images
    images

    सम्मेलनलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान अवस्थामा लिएको जिम्मेवारी अनुसार निष्कर्ष निकालेर दायित्व पूरा गर्ने प्रतिबद्धता जनाए । 

    अरूलाई देखाएर आफू जिम्मेवारीबाट पन्छिन नपाइने धारणा उनले राखे । यो सम्मेलनबाट औँल्याएका प्रदेश सरकारका कमजोरीलाई सुधार गर्ने प्रतिबद्धता कँडेलले जनाएका छन् । साथै उनले यो अवधिमा राज्यको स्रोत साधन वितरणको थितिका बारेमा विश्लेषण गर्नुपर्ने भन्दै शैक्षिक विषयलाई साझा धारणा बनाएर सबैको दायित्व र जिम्मेवारी हुनुपर्ने गरी काम गर्न सुझाव दिए ।

    images
    images

    यस्तै सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले विद्यालय सुधारका गतिविधि तदारुकताका साथ सञ्चालन गरिनुपर्ने बताए । उनले विद्यालयमा हुने राजनीतिक गतिविधिका कारण शैक्षिक अवस्था धुमलिएको प्रस्ट पारे ।

    विद्यालयमा स्थानीय पाठ्यक्रमले हाम्रो परम्परा हाम्रो संस्कृति जस्ता विषयलाई समेट्न भन्दा पनि आयातित संस्कृति तर्फ उन्मुख गइरहेको भण्डारीको भनाइ छ । 

    शिक्षाका लागि राष्ट्रिय अभियानद्वारा आयोजित उक्त सम्मेलनमा शिक्षासँग सरोकार राख्ने विकास साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ । पछिल्लो पटकको एसईई र कक्षा १२ को नतिजामा कर्णाली निकै कमजोर देखिएको थियो । 

    परीक्षा दिएकामध्ये करिब ५८ प्रतिशत विद्यार्थीहरू एसईईमा फेल भएका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend