images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • त्रिविले आवश्यकता भन्दा कम र बढी...

त्रिविले आवश्यकता भन्दा कम र बढी परीक्षा लिएका उपाधिलाई समकक्षता नदिने

त्रिविले आवश्यकता भन्दा कम र बढी परीक्षा लिएका उपाधिलाई समकक्षता नदिने

images
images
मंगलवार, भाद्र २५ २०८१
मंगलवार, भाद्र २५ २०८१
  • काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय पाठ्यक्रम विकास केन्द्रले आवश्यकता भन्दा कम र बढी परीक्षा लिएका उपाधिलाई समकक्षता नदिने भएको छ ।

    images
    images

    तोकिएको समयभन्दा बढी परीक्षा लिएको र कम समयमा भर्ना नभईपछि भर्ना भएर एकै पटक एक भन्दा बढी सेमेस्टरको परीक्षा दिएका प्रमाणपत्रलाई समकक्षता नदिने केन्द्रले जनाएको छ ।

    एक सार्वजनिक सूचना जारी गर्दै विदेशस्थित विभिन्न विश्वविद्यालय एवं शिक्षण संस्थामा अध्ययन गरी उपाधि लिई आएकामध्ये कक्षा १२ को परीक्षाफल प्रकाशन अगावै स्नातक तह भर्ना भएका, विश्वविद्यालयमा भर्ना नहुँदै पहिलो सेमेस्टरको परीक्षामा सहभागी भएको, तोकिएको समयमा भर्ना नभई पछि भर्ना भएर एकै पटक एकभन्दा बढी सेमेस्टरको परीक्षा दिएकाहरूलाई समकक्षता नदिने जनाएको हो ।

    images
    images

    त्यस्तै ४ वर्ष ८ सेमेस्टरको कोर्स ३.५ वर्ष वा सो भन्दा कम अवधिमा उपाधि प्रदान गरेको, एकै वर्षमा ३ वा सो भन्दा बढी नियमित सेमेस्टर परीक्षा लिएको समेत भेटिएकाले त्यस्ता उपाधिको समकक्षता दिन नसकिने केन्द्रले जनाएको छ । 

    1725861095_338728880_003

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend