images

२०८३ आश्विन १७ गते

images
images
images

बारपाक–लाप्राक सडकखण्डमा बुधबारसम्म सवारी आवागमन बन्द

बारपाक–लाप्राक सडकखण्डमा बुधबारसम्म सवारी आवागमन बन्द

images
images
मंगलवार, कार्तिक २५ २०८२
मंगलवार, कार्तिक २५ २०८२
  • गोरखा । गोरखाको बारपाक–लाप्राक सडकखण्ड स्तरोन्नतिका लागि आजदेखि सवारी आवागमन बन्द गरिएको छ । बारपाक सुलिकोट गाउँपालिकाको–१ बारपाक र धार्चे गाउँपालिका–४ लाप्राक जोड्ने सडक स्तरोन्नतिका लागि मंगलबार र बुधबार दुई दिन यातायात सञ्चालनमा रोक लगाइएको हो ।

    images
    images

    निर्माणाधीन सडकखण्डमा यातायात बन्द गरेर सडक निर्माण गर्न लागिएको धार्चे गाउँपालिका–४ का वडाध्यक्ष किसान गुरुङले जानकारी दिए । उनले भने, “दुई दिनसम्म पूर्ण रूपमा सवारीसाधनको आवागमन बन्द गरेर निर्माण कम्पनीले ‘व्याक कटिङ’ तथा अन्य संरचना निर्माण गर्न लागेको छ ।”शर्मा/विक्की जेभी निर्माण कम्पनीमार्फत सो सडक निर्माणको काम भइरहेको छ । तोकिएको अवधिमा बारपाक–लाप्राक सडक हुँदै सञ्चालन हुँदै आएका सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको अध्यक्ष गुरुङले बताए ।

    गोरखाको पर्यटकीय गन्तव्यका रूपमा रहेको बारपाक र लाप्राक सडकखण्ड समयमा निर्माण सम्पन्न नहुँदा यात्रीहरूले सास्ती खेप्दै आउनुपरेको छ । सडक स्तरोन्नतिमा ढिलाइ भएकाले हरेक वर्ष बर्खाका बेला उक्त सडकखण्ड महिनौँसम्म अवरुद्ध हुने गरेको छ ।विसं २०७७ जेठमा ठेक्का सम्झौता गरी २०७९ जेठसम्ममा निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि सडक स्तरोन्नतिको काम अझैसम्म सम्पन्न हुनसकेको छैन ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend