images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • पोखरा महानगरले १० स्कुलमा...

पोखरा महानगरले १० स्कुलमा निशुल्क चिनियाँ भाषा पढाउँदै

पोखरा महानगरले १० स्कुलमा निशुल्क चिनियाँ भाषा पढाउँदै

images
images
सोमवार, भाद्र २४ २०८१
सोमवार, भाद्र २४ २०८१
  • काठमाडौं । पोखरा महानगरपालिकाले १० वटा सामुदायिक स्कुलमा चिनियाँ भाषा पढाउने भएको छ । पोखराका स्कुलमा निशुल्क चिनियाँ भाषा पढाउने गरी आइतबार चिनियाँ दूतावास र पोखरा महानगरपालिकाबीच सम्झौता भएको हो ।महानगरका अनुसार अंग्रेजी भाषालाई माध्यम भाषा बनाएर पहिलो चरणमा १ वर्षसम्म १० वटा विद्यालयहरूमा चिनियाँ भाषाका थप (अतिरिक्त) कक्षाहरू सञ्चालन हुनेछन् ।

    images
    images

    चिनियाँ भाषा पढाउन१०   जना चिनियाँ स्वयंसेवक शिक्षक पोखरा आइपुगिसकेको महानगरले जानकारी दिएको छ ।सम्झौता अनुसार पार्दी माध्यमिक विद्यालय बिरौटा, बाल मन्दिर माध्यमिक विद्यालय नदीपुर, जनप्रकाश माध्यमिक विद्यालय भण्डारढिक, छोरेपाटन माध्यमिक विद्यालय छोरेपाटन, लक्ष्मी आदर्श माध्यमिक विद्यालय सिसुवा, गौरीशङ्कर माध्यमिक विद्यालय हेमजामा निशुल्क चिनियाँ भाषा पढाइ हुनेछ ।

    त्यस्तै, विष्णु पादुका माध्यमिक विद्यालय हेम्जा, राष्ट्रिय माध्यमिक विद्यालय टुँडिखेल, लक्ष्मी माध्यमिक विद्यालय अघौँ र जनप्रिय माध्यमिक विद्यालय, सिमलचौरमा अतिरिक्त कक्षाका रूपमा भदौ २७ गतेदेखि निःशुल्क चाइनिज भाषाको कक्षा सञ्चालन हुने पोखरा महानगरले जनाएको छ ।

    images
    images

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend