images

२०८३ आश्विन १९ गते

images
images
images

अब हाम्रो पात्रोमा बुक गरेर घरमै इन्फ्लुएन्जा खोप लगाउन सकिने

अब हाम्रो पात्रोमा बुक गरेर घरमै इन्फ्लुएन्जा खोप लगाउन सकिने

images
images
आइतवार, कार्तिक २३ २०८२
आइतवार, कार्तिक २३ २०८२
  • काठमाडौँ । हाम्रो पात्रोले प्रयोगकर्ताको घरमै इन्फ्लुएन्जा खोप दिने सेवाको सुरुवात गरेको छ । नेपालकै लोकप्रिय मोबाइल एपले प्रमाणित स्वास्थ्यकर्मीबाट सुरक्षित रूपमा घरमै खोप उपलब्ध गराउन यसको सुरुवात गरेको हो ।हाम्रो पात्रोका अनुसार यो सेवा सर्वोनिदान क्लिनिक प्रालिसँगको सकार्य र समन्वयमा सञ्चालन हुनेछ । प्रयोगकर्तालाई थप व्यवस्थित, विश्वसनीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ यो सहकार्य गरिएको उल्लेख छ ।

    images
    images

    हाम्रो पात्रोले लामो समदेखि विशेषज्ञ डाक्टरहरूलाई आबद्ध गरेर अडियो तथा भिडिओ कल मार्फत प्रयोगकर्ताहरूलाई स्वास्थ्य सेवा पर्दान गर्दै आइरहेको छ । “हाम्रो प्राथमिकता नेपाली नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउनु हो । घरमै खोप सेवा सुरु गर्नु हाम्रो यही यात्राको अर्को महत्त्वपूर्ण कदम हो,” हाम्रो पात्रोकी निर्देशक सुदिना गौतमले भनेकी छिन् ।“सर्वोनिदान क्लिनिकसँगको समन्वयले सेवा अझ सुरक्षित र चिकित्सकीय रूपमा व्यवस्थित बन्न मद्दत गरेको छ।”

    जाडो याम सुरु भएसँगै फ्लु सङ्क्रमणको जोखिम बढ्ने भएकाले बृद्ध-बृद्धा, दीर्घरोगी तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका संवेदनशील  व्यक्तिहरूका लागि समयमै खोप लगाउनु लाभदायक हुन्छ । तर अस्पताल वा क्लिनिक जान नसक्ने धेरै परिवारका लागि खोपको पहुँच चुनौतीपूर्ण छ ।हाम्रो पात्रोको 'घरमै खोप सेवा'ले सुरक्षित, छिटो, भरपर्दो सेवा प्रदान गरेर इच्छुक प्रयोगकर्ताहरूको यस समस्यालाई समाधान गर्छ । प्रयोगकर्ताले हाम्रो पात्रो एपमार्फत खोप सेवा सहजै बुक गर्न सक्नेछन् ।

    images
    images

    कसरी प्राप्त गर्ने सेवा ?

    सबैभन्दा पहिला हाम्रो पात्रो एप खोलेर होमपेजमा भएको 'Vaccine at Home' लेखेको ठाउँमा क्लिक गर्नुहोस् । त्यहाँ आफ्नो नाम, फोन नम्बर र ठेगाना भर्नुहोस् । यति गरेर खोप लगाउन चाहने समय छानेपछि प्रमाणित नर्स/ स्वास्थ्यकर्मी तपाईँको घरमै आउने हाम्रो पात्रोले जनाएको छ ।सेवा सम्पूर्ण रूपमा सुरक्षित र विश्वसनीय रहेको भन्दै हाम्रो पात्रोले आश्वस्त हुन आग्रह गरेको छ । खोप कसले लगाउन मिल्छ, कसलाई नलगाउनु राम्रो, साइड इफेक्ट, सम्पर्क आदि जस्ता महत्त्वपूर्ण जानकारी एपमा स्पष्ट रूपमा राखिएको छ । घरमै सेवा लिँदा खोपका लागि ३ हजार ९०० रुपैयाँ शुल्क तिर्नुपर्ने हाम्रो पात्रोले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend