images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • हितेन्द्र देव शाक्यको पुनर्बहालीसम्बन्धी रिटमा आज...

हितेन्द्र देव शाक्यको पुनर्बहालीसम्बन्धी रिटमा आज सुनुवाइ

हितेन्द्र देव शाक्यको पुनर्बहालीसम्बन्धी रिटमा आज सुनुवाइ

images
images
शुक्रवार, कार्तिक २१ २०८२
शुक्रवार, कार्तिक २१ २०८२
  •  काठमाडौं , कात्तिक २१ गते ।  नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ। न्यायाधीश अव्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ।

    images
    images

    यसअघि उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि दुवै पक्षलाई आजलाई बोलाएको थियो। सरकारले आफूलाई गैरकानुनीरुपमा पदबाट हटाएको भन्दै उनले पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।

    जेनजी आन्दोलनपछि कुलमान घिसिङ ऊर्जामन्त्री भएपछि उनको सिफारिसमा मन्त्रिपरिषद बैठकले शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेको थियो। सरकारले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।केपी ओली नेतृत्वको सरकारले कुलमानलाई हटाएर शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend