images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • सबैको जीवन एउटै हुँदैन, रचना रिमाल...

सबैको जीवन एउटै हुँदैन, रचना रिमाल लक्की छिन् - एलिना चौहान

सबैको जीवन एउटै हुँदैन, रचना रिमाल लक्की छिन् - एलिना चौहान

images
images
बिहिवार, कार्तिक १३ २०८२
बिहिवार, कार्तिक १३ २०८२
  • काठमाडौँ । हालै अमेरिकाको सांगीतिक कार्यक्रम सकेर नेपाल फर्किएकी गायिका एलिना चौहान अहिले चर्चामा छिन् । अमेरिका रहँदा आयोजकबाट राम्रो व्यवहार नभएको अभिव्यक्ति दिएपछि उनी चर्चा र विवादको केन्द्रमा रहेकी हुन् । नेपाल फर्किएपछि उनले आफ्नो अमेरिका टुर ठुलो सिकाइ बनेको बताउँदै सामाजिक सञ्जाल फेसबुकमा भनेकी छन्, ‘कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो । कसैले कैदीझैँ महसुस गर्‍यो, कसैले अपमान सहनु पर्‍यो । एउटा कुरा स्पष्ट भन्न चाहन्छु, आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन।  कलाकारले धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्छ। नराम्रा अनुभवले धेरै कुरा सिकायो— अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस् ।’

    images
    images

    उनको यो अभिव्यक्तिपछि बचाउमा आयोजक विनोद अधिकारीको तर्फबाट हालै एक अडियो सामाजिक सञ्जालबाटै सार्वजनिक भएको छ । उक्त अडियो सार्वजनिक भएपछि एलिनाले थप आक्रोश पोखेकी छन् । उनले अडियो तोडमोड गरेर सार्वजनिक गरिएको जिकिर गर्दै बिहीबार सामाजिक सञ्जालमार्फत प्रश्न गरेकी छन्, ‘पूरै अडियो हाल्ने हिम्मत छ ?’ उनले आफूलाई धम्की नै दिने काम भएको उल्लेख गर्दै अगाडि भनेकी छन्, ‘तलाई घाटा हुनेवाला छ भनेर धम्की दिएको अडियो कहाँ गयो ?’ उनले आत्मसम्मानमा कहीँकतै सम्झौता नहुने समेत स्पष्ट पारेकी छन् । उनले भनेकी छन्, ‘हजारचोटि कसैले मलाई नराम्रो गरेपनि म हजारचोटि उभिन्छु र आफ्नो लागि लड्छु ।’

    अहिलेकी चल्तीका गायिकाले अमेरिका भ्रमणबारे निरन्तर बोलिरहँदा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । कतिपयले उनको समर्थनमा प्रतिक्रिया जनाउँदा कतिले चाहिँ एलिनामाथि नै औँला उठाएका छन् । एक प्रयोगकर्ताले रचना रिमालको उदाहरण दिँदै एलिनाको ‘पारा’ ठीक नभएको प्रतिक्रिया दिएका छन् । तर, एलिनाले सबैको जीवन एकनास नहुने भन्दै रचना ‘लक्की’ भएको जवाफ फर्काएकी छन् । उनले जीवराज पोख्रेललाई जवाफ फर्काउँदै लेखेकी छन्, ‘सबैको जीवन एउटै हुँदैन । उनी लक्की केटी हो ।’

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend