काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडको अठारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभा असोज ३१ गते काठमाडौँको थापागाउँस्थित थापागाउँ ब्यान्केटमा सम्पन्न भएको हो।
सभाले आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।
त्यसका साथै, उक्त आर्थिक वर्षका वित्तीय विवरणहरू स्वीकृत गर्दै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि सभाबाट पारित गरिएको कम्पनीले जनाएको छ।




.gif)





