images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • नेप्सेका कर्मचारीको बोनसबारे विवाद सर्वोच्च अदालतमा...

नेप्सेका कर्मचारीको बोनसबारे विवाद सर्वोच्च अदालतमा रिट

नेप्सेका कर्मचारीको बोनसबारे विवाद सर्वोच्च अदालतमा रिट

images
images
बुधवार, आश्विन २९ २०८२
बुधवार, आश्विन २९ २०८२
  • काठमाडौँ । असोज २९, नेपाल स्टक एक्सचेन्ज (नेप्से) सञ्चालक समितिले कर्मचारीलाई दिने बोनसको विषयमा उत्पन्न कानुनी विवाद समाधानका लागि सर्वोच्च अदालतमा रिट दायर गरेको छ। समितिले दायर गरेको रिट सर्वोच्चले मङ्गलवार दर्ता गरेको हो, जसको सुनुवाइ आज हुँदैछ।

    images
    images

    नेप्सेका कर्मचारीले पाउने बोनसबारे लामो समय देखि विवाद चल्दै आएको छ। कर्मचारी पक्षले आफूहरूले कुल नाफाको पाँच प्रतिशत बोनस पाउनुपर्ने माग गर्दै आएका छन्। तर, अर्थ मन्त्रालयले भने बोनस केवल १ प्रतिशत मात्र दिनुपर्ने स्पष्ट पार्दै नेप्से सञ्चालक समितिलाई पत्राचार गर्दै आएको छ।

    यसअघि उक्त विवाद श्रम अदालतमा पुगेको थियो। कर्मचारीले नेप्से सञ्चालक समितिलाई विपक्षी बनाउँदै दायर गरेको सो मुद्दामा श्रम अदालतले कर्मचारीको पक्षमा फैसला गरेको थियो। तर सो फैसलाबारे प्रस्ट कानुनी व्याख्या आवश्यक रहेको भन्दै समितिले सर्वोच्च अदालतमा रिट दायर गरेको हो।

    images
    images

    अब सर्वोच्च अदालतको व्याख्याले नै यो विवादको टुंगो लगाउने अपेक्षा गरिएको छ। स्रोतका अनुसार, आजै बेलुकी सम्म अदालतबाट केही आदेश आउने सम्भावना छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend