images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • राष्ट्रपति पौडेलद्वारा सर्वदलीय बैठक आह्वान, आज...

राष्ट्रपति पौडेलद्वारा सर्वदलीय बैठक आह्वान, आज दिउँसो ४ बजे बस्ने

राष्ट्रपति पौडेलद्वारा सर्वदलीय बैठक आह्वान, आज दिउँसो ४ बजे बस्ने

images
images
शुक्रवार, आश्विन २४ २०८२
शुक्रवार, आश्विन २४ २०८२
  • काठमाडौँ । असोज २४, राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन्। निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा समेत सरकार र राजनीतिक दलहरूबीच आवश्यक संवादको अभाव देखिएको भन्दै राष्ट्रपतिले पहल स्वरूप यो बैठक बोलाएका हुन्।

    images
    images

    राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्की सहित प्रमुख राजनीतिक दलहरूलाई आज (बिहीबार) दिउँसो ४ बजेका लागि शीतल निवासमा आमन्त्रण गरेका छन्। बैठकमा आसन्न निर्वाचन, हालको राजनीतिक परिस्थिति तथा दलहरूबीच सहमति खोज्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

    यसअघि, राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच हिजो भेटवार्ता भएको थियो। सो भेटमा राजनीतिक समन्वय र निर्वाचनको सफल सञ्चालनमा आवश्यक पहलका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend