काठमाडौँ । असोज २०, मञ्जुश्री फाइनान्स लिमिटेडले घोषणा गरेको १५ प्रतिशत नगद लाभांश सुरक्षित गर्न चाहने सेयरधनीका लागि भोलि अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश वितरण र आगामी साधारणसभा प्रयोजनका लागि असोज २२ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो।
कम्पनीको १८ औँ वार्षिक साधारणसभा आगामी असोज ३१ गते बिहान ११ बजे नयाँ बानेश्वरस्थित थापागाउँ ब्याङ्क्वेटमा बोलाइएको छ। उक्त सभामा विभिन्न महत्त्वपूर्ण प्रस्तावहरू पेश गरिने कम्पनीले जनाएको छ।
साधारणसभाबाट उपयुक्त बैंक तथा वित्तीय संस्था सँग सम्भावित मर्जर वा प्राप्ति प्रक्रियामा जान, वैदेशिक रणनीतिक साझेदारीमा अघि बढ्न तथा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरिनेछ। साथै, कम्पनीको रजिष्टर्ड कार्यालय स्थान परिवर्तन सम्बन्धी प्रस्ताव पनि एजेन्डामा समावेश गरिएको छ।
त्यस्तै, गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि साधारण सभामा प्रस्तुत गरिनेछ।




.gif)





