images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • भारी वर्षाका कारण आइतबार र सोमबार...

भारी वर्षाका कारण आइतबार र सोमबार सार्वजनिक बिदा

भारी वर्षाका कारण आइतबार र सोमबार सार्वजनिक बिदा

images
images
शनिवार, आश्विन १८ २०८२
शनिवार, आश्विन १८ २०८२
  • काठमाडौँ । असोज १८, देशका विभिन्न भागमा लगातार तीन दिनसम्म भारी वर्षाको पूर्वानुमान पछि सरकारले आइतबार र सोमबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    images
    images

    Kathmandu Airport 082.jpg

    गृहसचिव रामेश्वर दंगालका अनुसार विपद् जोखिमलाई मध्यनजर गर्दै यो निर्णय लिइएको हो। बिदा निर्णयको सन्दर्भमा गृह मन्त्रालयले जनाएको छ कि यो सार्वजनिक बिदा विपद् व्यवस्थापन र अत्यावश्यक सेवा प्रवाहमा संलग्न कार्यालयहरू बाहेक सबैका लागि लागू हुनेछ।

    images
    images

    मौसम पूर्वानुमान अनुसार देशभर बाढी, पहिरो, र जलमग्नताको जोखिम उच्च रहेको भन्दै मन्त्रालयले नागरिकहरूलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

    सरकारको यो निर्णयले आपतकालीन अवस्था रोक्न र जनधनको क्षति न्यून गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend