काठमाडौँ । असोज १५, दशैंको मुख्य दिनहरू सुरु भए सँगै काठमाडौँ उपत्यका सुनसानजस्तै देखिन थालेको छ। नवमीका दिन सवारीसाधनको चाप अत्यन्तै कम देखिएको छ भने राजधानीका मुख्य सडकहरूमा पनि चहलपहल घटेको छ।
पसलहरू प्रायः बन्द छन्, र सार्वजनिक स्थानहरूमा सामान्यतया देखिने भीडभाड हराएको छ। ट्राफिक प्रहरीको अनुमान अनुसार घटस्थापना देखि नवमी सम्म झन्डै पाँच लाख मानिस काठमाडौं उपत्यका बाहिर गइसकेका छन्।
दसैं मनाउन मानिसहरू आ–आफ्नो गाउँ फर्किएका कारण राजधानी शान्त र सुनसान देखिएको हो। विशेषगरी सरकारी बिदा सुरू भएसँगै यात्रा गर्नेहरूको चाप बढेको थियो।




.gif)





