काठमाडौँ । असोज १३, हाल देशभर मनसुनी वायु तथा स्थानीय वायुको प्रभाव कमजोर रहे पनि केही स्थानहरूमा बदली तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा वर्षा हुने सम्भावना रहेको छ भने अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्ने जनाइएको छ।
तराईका केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।
आज रातिको मौसमबारे जानकारी दिँदै महाशाखाले गण्डकी र सुदूरपश्चिम प्रदेश सहित अन्य प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने उल्लेख गरेको छ। गण्डकीका केही, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानहरूमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।




.gif)





