काठमाडौँ । असोज १०, मञ्जुश्री फाइनान्स लिमिटेडले १८औं वार्षिक साधारणसभाको मिति तय गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्न प्रस्ताव गरिएको लाभांश पारित गर्नका लागि साधारणसभा बोलाएको हो।
साधारणसभा असोज ३१ गते, शुक्रबार, थापागाउँ ब्याङ्क्वेट, नयाँ बानेश्वरस्थित थापागाउँमा बिहान ११ः०० बजे सुरु हुने कम्पनीले जनाएको छ।
सभाले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य महत्वपूर्ण प्रस्तावहरू पनि सभामा प्रस्तुत हुनेछन्।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार, असोज २१ गतेसम्म नेप्सेमा कारोबार गरी कायम रहेका सेयरधनीहरूले साधारणसभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।




.gif)





