images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • यस्तो छ रियाल, रिंगिट र दिरामको...

यस्तो छ रियाल, रिंगिट र दिरामको भाउ

यस्तो छ रियाल, रिंगिट र दिरामको भाउ

images
images
अर्थ समाचार
मंगलवार, आषाढ २५ २०८१
अर्थ समाचार
मंगलवार, आषाढ २५ २०८१
  • २५ असार, काठमाडौं । मंगलबार अमेरिकी डलरको भाउ २ पैसा बढेको छ । राष्ट्र बैंकले यस दिनका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ९० पैसा तोकेको छ भने खरिददर मूल्य १३३ रुपैयाँ ३० पैसा तोकेको छ ।

    images
    images

    त्यस्तै एक अष्ट्रेलियन डलरको बिक्रीदर भाउ ९० रुपैयाँ २६ पैसा तथा खरिददर ८९ रुपैयाँ ८६ पैसा तोकिएको छ । एक यूरोको बिक्रीदर मूल्य १४५ रुपैयाँ तथा खरिददर मूल्य १४४ रुपैयाँ ३५ पैसा छ । अघिल्लो दिनको तुलनामा यूरो र अष्ट्रेलियन डलर केही घटेको हो ।

    मलेसियन मुद्रा रिंगिटको भाउ स्थिर छ । एक मलेसियन रिंगिटको बिक्रीदर मूल्य २८ रुपैयाँ ४३ पैसा, खरिददर मूल्य २८ रुपैयाँ ३० पैसा छ ।

    images
    images

    एक कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ७२ पैसा, खरिददर मूल्य ३६ रुपैयाँ ५५ पैसा तोकिएको छ । साउदी अरेबियन रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ७० पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ५४ पैसा तोककिएको छ ।

    बैंकले एक यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ४६ पैसा, खरिददर मूल्य ३६ रुपैयाँ २९ पैसा तोकेको छ । सर्वसाधारणले आफूसँग भएको विदेशी मुद्रा सटही गर्दा खरिददर मूल्य पाउँछन् भने विदेशी मुद्रा लिनुपर्दा बिक्रीदर मूल्य तिर्नुपर्छ ।

    १० जापानी यनको बिक्रीदर मूल्य ८ रुपैयाँ ३२ पैसा छ । एक क्यानेडियन डलरको बिक्रीदर मूल्य मूल्य ९८ रुपैयाँ १५ पैसा छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend