images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • जापानिज इन्सेफ्लाइटिस र डेंगुबाट रुपन्देहीमा २...

जापानिज इन्सेफ्लाइटिस र डेंगुबाट रुपन्देहीमा २ जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिस र डेंगुबाट रुपन्देहीमा २ जनाको मृत्यु

images
images
बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • जापानिज इन्सेफ्लाइटिस र डेंगुबाट रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ। पछिल्लो समय रुपन्देहीमा लामखुट्टेबाट सर्ने जापानिज इन्सेफ्लाइटिस र डेङ्गु रोगको संक्रमण बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन्। जापानिज इन्सेफ्लाइटिस र डेंगुबाट रुपन्देहीमा दुई जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।

    images
    images

    रुपन्देहीमा यस वर्ष जापानिज इन्सेफ्लाइटिसबाट १० जना र डेंगुबाट १ सय ८४ जना संक्रमित भएको तथ्यांक छ।स्वास्थ्य कार्यालयका वरिष्ठ भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहका अनुसार तिलोत्तमा नगरपालिकाका एक पुरुषको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको छ भने डेङ्गुका कारण नवलपरासी बर्दघाटका एक पुरुषको क्रिसमस अस्पताल मणिग्राममा मृत्यु भएको छ।  

    यस वर्ष रुपन्देहीमा सात पालिकामा जापानिज इन्सेफ्लाइटिसका बिरामी भेटिएका छन्।  संक्रमण र न्यूनीकरणका लागि स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकालाई पत्राचार गरी सचेतनामूलक अभियान चलाउन निर्देशन दिएको छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend