images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • नवलपरासी पूर्व र रुपन्देहीका बासिन्दालाई सतर्क...

नवलपरासी पूर्व र रुपन्देहीका बासिन्दालाई सतर्क रहन आग्रह

नवलपरासी पूर्व र रुपन्देहीका बासिन्दालाई सतर्क रहन आग्रह

images
images
बुधवार, आश्विन १ २०८२
बुधवार, आश्विन १ २०८२
  • काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नवलपरासी पूर्व र रुपन्देही जिल्लाका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। विभागले पछिल्लो ३ घण्टामा नवलपरासी पूर्वको सेमारी वर्षा मापन केन्द्रमा भारी वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेको जनाएको छ। 

    images
    images

    विभागका अनुसार भारी वर्षाका कारण सो क्षेत्र भएर बग्ने स-साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ।

    यसैगरी, रुपन्देही जिल्लाको तिनाउ खोला बुटवल जलमापन केन्द्रमा पनि जलसतह सतर्कता तह पार गरिसकेको र बढ्दो क्रममा रहेको विभागले जनाएको छ। नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहेका मानिसहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend