images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • रामकृष्ण ढकालको समन्वयमा जेनजी आन्दोलनका घाइतेलाई...

रामकृष्ण ढकालको समन्वयमा जेनजी आन्दोलनका घाइतेलाई उपचार खर्च सहयोग

रामकृष्ण ढकालको समन्वयमा जेनजी आन्दोलनका घाइतेलाई उपचार खर्च सहयोग

images
images
मंगलवार, भाद्र ३१ २०८२
मंगलवार, भाद्र ३१ २०८२
  • काठमाडौँ । गायक रामकृष्ण ढकालको समन्वयमा जेनजी आन्दोलनका घाइतेहरुलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।  भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएकामध्ये सिभिल अस्पतालमा उपचाररत् ६ जनालाई उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले जनही १० हजार रुपैयाँका दरले रकम हस्तान्तरण गरिएको गायक ढकालले बताए ।

    images
    images

     ढकालसहित ईश्वर मिश्र, ईशानजंग भट्टराई, स्वीकृति सापकोटा र इन्द्रराज भट्टराईले राहत संकलन गरेका हुन् । हालसम्म संकलन भएको ३ लाख ५० हजारमध्ये ६० हजार रुपैयाँ सिभिल अस्पताल उपचाररत् ६ जना घाइतेलाई प्रदान गरिएको गायक ढकालले बताए । ‘घाइते त धेरै हुनुहुन्छ, कतिपयले हामीलाई पर्दैन, आफैँ सक्छौँ भन्नुभएको छ । आर्थिक अवस्था कमजोर हुने घाइतेलाई सहयोग गर्ने हाम्रो योजना हो,’ उनले भने, ‘अन्य अस्पतालमा पनि पुगेर आवश्यक पर्ने घाइतेहरुलाई बाँकी रकम हस्तान्तरण गर्नेछौँ ।‘

    अमेरिका तथा युरोपेली मुलुकका रहेका नेपालीहरुलाई पनि राहत रकम संकलनका समन्वय भइरहेको उनले बताए । जेनजी आन्दोलनका क्रममा ७२ जनाले ज्यान गुमाएका छन् भने सयौँ घाइते भएका छन् । यस्तै थुप्रै सरकारी संरचना तथा निजी भवन जलेर ध्वस्त भएका छन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend