images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • लुटेर लगेका सामान ओसारपसार नगर्न नगराउन...

लुटेर लगेका सामान ओसारपसार नगर्न नगराउन सवारी धनीलाई यातायात विभागको आग्रह

लुटेर लगेका सामान ओसारपसार नगर्न नगराउन सवारी धनीलाई यातायात विभागको आग्रह

images
images
मंगलवार, भाद्र ३१ २०८२
मंगलवार, भाद्र ३१ २०८२
  • काठमाडौं । यातायात व्यवस्था विभागले प्रदर्शनको क्रममा लुटेका हातहतियारसहितका सामानहरु ओसारपसार नगर्न, नगराउन अनुरोध गरेको छ ।विभागले सोमबार एक सूचना जारी गर्दै भदौं २३ र २४ गते जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानबाट लुटपाट भएका /गरिएका हातहतियार लगायतका सामाग्रीहरु ओसारपसार नगर्न, नगराउन आग्रह गरेको हो ।

    images
    images

    विभागले त्यस्ता सामानहरु सार्वजनिक (यात्रुबाहक तथा मालबाहक) र निजी सवारीका साधनहरुबाट ओसारपसार हुन सक्ने सम्भावना भएकोले सबै यात्रु, सवारी चालक, सवारी परिचालक तथा सवारी धनीहरु सचेत हुन भनेको छ।

    त्यस्ता सामाग्रीहरु ओसारपसार नगर्न तथा नगराउनु हुन र त्यस प्रकारको क्रियाकलाप भएको देखिएमा नजिकैको प्रहरी कार्यालयहरुमा जानकारी गराउन समेत अनुरोध गरेको छ । विभागले त्यस्तो कार्य हुने गरेको देखिन आएमा प्रचलित कानून बमोजिम कारवाही हुने चेतावनी समेत दिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend