काठमाडौँ । सोमबार बसेको अन्तरिम सरकारको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा भएको घटनालाई लिएर केही महत्वपूर्ण निर्णयहरु गरेको छ। बैठकले असोज १ गतेलाई शोक दिवसको रूपमा मनाउने निर्णय गर्दै देशभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ।
जेनजी आन्दोलनमा शाहादत प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गर्दै राष्ट्रिय सम्मान सहित अन्त्येष्टि गरिने निर्णय पनि गरिएको छ। साथै, आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय भएको छ।
शहीद परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ क्षतिपूर्ति र अन्य खर्चका लागि थप ५ लाख रुपैयाँ उपलब्ध गराइने निर्णय सरकारले गरेको छ।
सरकारले जेनजी आन्दोलनको स्मृतिमा “जेनजी स्मृति पार्क” निर्माण गर्ने निर्णय समेत लिएको छ। यस्तै, घटनाको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरिने भएको छ।
बैठकमा ओली नेतृत्वको मन्त्रिपरिषद्का पालामा मन्त्रिपरिषद्मा आएका प्रस्तावहरूबारे समेत छलफल गरिएको थियो। ती सबै प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरिएको छ।




.gif)





