images

२०८३ आश्विन १९ गते

images
images
images

जापानिज इन्सेफ्लाइटिसबाट पाँचजनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिसबाट पाँचजनाको मृत्यु

images
images
सोमवार, भाद्र ३० २०८२
सोमवार, भाद्र ३० २०८२
  • चितवन । जिल्लामा जापानिज इन्सेफ्लाइटिसका कारण पाँचजनाको मृत्यु भएको छ । संक्रमित १६ जनामध्ये उनीहरुको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालय चितवनका आनुसार पछिल्लोपटक भदौ २३ गते एकजनाको मृत्यु भएको थियो । कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार मृत्यु हुनेमा राप्ति नगरपालिकाका ४२ वर्षीया महिला रहेकी छन् । जिल्लामा यसअघि मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ का ७० वर्षीय वृद्ध, कालिका नगरपालिका–५ का ८९ वर्षीय वृद्ध, राप्ती नगरपालिका–१२ की ७० वर्षीया वृद्धा र भरतपुर महानगरपालिका–१२ की ८१ वर्षीया वृद्धा रहेका थिए । 

    images
    images

    उनीहरुको साउनयता मृत्यु भएको हो । गत आर्थिक वर्षमा चितवनमा देखिएका तीनजना संक्रमितमध्ये एकजनाको मृत्यु भएको थियो ।जापानिज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका व्यक्तिमा देखिएको छ ।यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो । यो लामखुट्टे घरबाहिर बस्न रुचाउने, घरबाहिर नै टोक्ने, साँझ र बिहान बढी सक्रिय हुने गर्छ । 

    यो लामखुट्टेले सुँगुर, बंगुर, हाँसजस्ता पशुपक्षीलाई टोक्यो भने सर्छ । धाखेतीमा समेत यस लामखुट्टेले अण्डा पारेर लार्भा बनाउने गरेको कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend