काठमाडौँ । भदौ २४, राष्ट्रपति रामचन्द्र पौडेलले देशको हालको विषम राजनीतिक परिस्थितिको शान्तिपूर्ण समाधान खोज्न सबै पक्षसँग संयमता र संवादको बाटो अपनाउन आह्वान गरेका छन्।
मंगलबार राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको सन्दर्भमा मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै सबै पक्षले मिलेर समाधान खोज्नुपर्ने आवश्यकता औंल्याएका छन्।
प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेकाले अब समस्या समाधानतर्फ अग्रसर हुन सबै पक्षले सहयोग गर्नेछन् भन्ने विश्वास लिएको छु, वक्तव्यमा भनिएको छ।
वर्तमान आन्दोलनका क्रममा नागरिकहरूले उठाएका जायज मागहरूलाई लोकतान्त्रिक प्रक्रिया मार्फत सम्बोधन गर्न सकिने उल्लेख गर्दै राष्ट्रपति पौडेलले आन्दोलनरत जेनजी प्रतिनिधि मण्डल सहित सबै पक्षलाई वार्ता र संवादमा आउन आग्रह गरेका छन्।
उनले देशमा शान्ति, स्थिरता र समृद्धि कायम गर्नका लागि सबै पक्षलाई संयमित रहन समेत अनुरोध गरेका छन्।




.gif)





