images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • आक्रमण हुनुअघि गाजा छोड्न इजरायली सेनाको...

आक्रमण हुनुअघि गाजा छोड्न इजरायली सेनाको निर्देशन

आक्रमण हुनुअघि गाजा छोड्न इजरायली सेनाको निर्देशन

images
images
आइतवार, भाद्र २२ २०८२
आइतवार, भाद्र २२ २०८२
  • काठमाडौं। इजरायली सेनाले गाजा सहरका बासिन्दाहरूलाई शनिबार योजनाबद्ध आक्रमणअघि यस क्षेत्र छोड्न निर्देशन दिएको छ । सेनाले आक्रमणका लागि कुनै समय–सीमा नतोकी आक्रमणको घोषणा गरेको जनाइएको छ । घोषणालाई आत्मसाथ गरी मानवीय क्षेत्रबाट चाँडै सर्न सैन्य प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जालमार्फत् निर्देशन दिएका छन् ।

    images
    images

    गाजाको दक्षिणी तटमा रहेको अल–मवासीमा खाना, शिविर, औषधि र चिकित्सा उपकरणको निरन्तर आपूर्तिको साथै घुम्ती अस्पताल, पानी लगायतका सुविधाहरु भएको सेनाले बताएको छ । अल–मवासीमा संयुक्त राष्ट्र र अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यमा राहत सहयोगका प्रयासहरू निरन्तर जारी रहनेसमेत जनाइएको छ ।  

    सुरुवाती समयमा इजरायलले अल–मवासीलाई सुरक्षित क्षेत्र घोषणा गरेको थियो, तर नागरिकहरूबीच लुकेका हमास लडाकुहरूलाई लक्षित गरेको भन्दै हाल त्यहाँ बारम्बार आक्रमण गरिरहेको छ । स्थानीय बासिन्दाहरुले कोही वस्ती खाली गर्न भन्ने  र कोहीले बस्नुपर्ने बताएपछि दोहोरो आक्रमणको त्रासबीच हाल उनीहरु रिमल क्षेत्रको एउटा शिविरमा शरण लिइरहेको जनाएका छन् ।  

    images
    images

    अमेरिका ‘गम्भीर वार्ता’मा

    लगभग दुई वर्षको द्वन्द्व अन्त्य गर्न बढ्दो अन्तर्राष्ट्रिय दबाबको बाबजुद गाजा सहर वरपर आफ्नो कारबाही बढाउँदै गर्दा इजरायली सेनाले प्यालेस्टिनी नागरिकहरूलाई वस्ती छोड्न निर्देशन गरेको छ।हमासले गत महिना अस्थायी युद्धविराम र चरणबद्ध बन्धक मुक्तिको प्रस्तावमा सहमति जनाएको थियो । यसैवीच, इजरायलले आतङ्कवादी समूहलाई सबै बन्धकहरूलाई एकैचोटि रिहा गर्न, अन्य सर्तहरूसहित निरस्त्रीकरणको माग गरेको छ ।

    शुक्रबार ह्वाइट हाउसमा पत्रकारसमक्ष राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका बन्दीहरूको विषयलाई लिएर अमेरिकाले हमाससँग वार्ता गरिरहेको बताएका थिए ।गत महिना अनिकाल घोषणा गरेको गाजा सहर र वरपर करिब १० लाख मानिसहरू रहेको संयुक्त राष्ट्रसङ्घको अनुमान छ । यदि आक्रमण जारी रह्यो भने यसले ‘प्रकोप’ निम्त्याउने चेतावनीसमेत राष्ट्रसङ्घले दिएको छ ।इजरायलले आक्रमणले दस लाख मानिसहरूलाई विस्थापित गर्ने अपेक्षा गरेको बताएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend