images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • मुस्ताङबाट दशैँका लागि १२ हजार...

मुस्ताङबाट दशैँका लागि १२ हजार भेडाच्याङ्ग्रा बाहिरिने

मुस्ताङबाट दशैँका लागि १२ हजार भेडाच्याङ्ग्रा बाहिरिने

images
images
सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • मुक्तिनाथ (मुस्ताङ) । दशैँलाई लक्षित गरी यसवर्ष मुस्ताङबाट १२ हजारभन्दा बढी भेडाच्याङ्ग्रा निकासी हुने भएको छ । चाडपर्वको चहलपहलसँगै कोरला नाका हुँदै तिब्बतबाट भित्रिने बाहेक मुस्ताङमै उत्पादन भएको साढे ११ हजार च्याङ्ग्रा र करिब ६ सयको हाराहारीमा भेडा बिक्री हुने अनुमान गरिएको हो । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड, लोमान्थाङ गाउँपालिका र तल्लो मुस्ताङमा पर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट सबैभन्दा धेरै निकासी हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइका कार्यालय प्रमुख भरतराज गौतमले बताउनुभयो ।

    images
    images

    यस क्षेत्रमा १९ हजार च्याङ्ग्रा रहेकोमा पशुपालक कृषकले चाडपर्वका लागि बिक्री गर्ने च्याङ्ग्रा तयारी अवस्थामा राखिएको छ । एकाइ प्रमुख गौतमका अनुसार जिल्लाभर एक सय कृषक सूचिकृत कृषकको गोठमा ५६ हजार च्याङ्ग्रा रहेकोमा मासुजन्य प्रयोजनका लागि सूचिकृत कृषकबाट ११ हजारको हाराहारीमा च्याङ्ग्रा बाहिरने छ । इकाइ प्रमुख गौतम भन्नुहुन्छ, ‘‘चरनक्षेत्र र गोठालाको अभावले कृषकलाई समस्या भएको छ, नश्ल सुधार तथा व्यवस्थापन गर्दै मासुको उत्पादनलाई प्रोत्साहन गरेका छौँ ।’’

    तल्लो मुस्ताङको घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकाको चरन क्षेत्रबाट सूचिकृत नभएका कृषकहरूले समेत भेडाच्याङ्ग्रा निकासी गर्ने गरेका छन् । कृषकको गोठमै एउटा च्याङ्ग्रा बिक्री योग्य बनाउन प्रतिकेजी ११ सय ९२ रुपियाँ खर्च हुने गरेको एकाइ प्रमुख गौतमको भनाइ छ । लो–घेकर दामोदरकुण्ड, लोमान्थाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा खर्कमा घाँस, गोठालोको अभावका कारण माग अनुसार भेडाच्याङ्ग्रा उत्पादन हुन सकेको छैन भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङका प्रमुख डा.लालमणी अर्यालका अनुसार मुस्ताङमा पाँच हजार पाँच सय सङ्ख्यामा रहेको भेडामध्ये दशैँ लक्षित ६ सय बिक्रीका लागि तयारी अवस्थामा रहेको छ ।

    images
    images

    ‘‘तिब्वतबाट पनि भेडाच्याङ्ग्रा आउँछन्, मुस्ताङबाट बाहिरने सबै भेडा तथा च्याङ्ग्राको जोमसोम र घाँसामा स्वास्थ्य परीक्षण गरेर पठाउँछौ ।’’ केन्द्र प्रमुख डा.अर्यालले भन्नुभयो । तिब्बतबाट आयात हुने भेडाच्याङ्ग्रासहित मुस्ताङका घुम्ती गोठ र खोरपालेहरुले उत्पादन गरेको मागले बजारको माग धान्नै सक्दैन ।भेडाच्याङ्ग्राले माग नधान्ने अवस्थामा कृषक र बिचका व्यापारीहरुले मूल्य बढाउने गरेका छन् । यसवर्ष रोज्जा च्याङ्ग्राको मुस्ताङमै ३५ हजार पर्ने अनुमान गरिएको छ । म्याग्दी, पर्वत, बागलुङ, कास्की, बुटवललगायत क्षेत्रबाट मुस्ताङ पुगेका व्यापारीले भेडाच्याङ्ग्राको गोठमै नगद दिएर खरिद गर्ने गरेका छन् ।

    तीजलगत्तै वयापारीहरू मुस्ताङका भेडाच्याङ्ग्राको गोठमा पुग्न थालेका छन् । उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले विषेश गरी जडीबुटी खाएर हुर्केकोे भन्दै स्वादिष्ट र स्वास्थ्यका लागि पनि फलदायी हुने भएकाले रोज्जा च्याङ्ग्रा खरिद गर्छन् ।  लेकाली जडीबुटी खाने भएकाले दशैँ–तिहारजस्ता पर्वमा पोसिलो मासुका रूपमा मुस्ताङका भेडाच्याङ्ग्राको माग बढी हुने व्यापारी नारायण सापकोटाको भनाइ छ । सामान्यतः एउटा भेडाच्याङ्ग्रा जन्मेको दुई–तीन वर्षपछि बेच्न लायक हुन्छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend