images

२०८३ आश्विन १९ गते

images
images
images

वीरगन्जमा जापानिज इन्सेफ्लाइटिस नियन्त्रण अभियान

वीरगन्जमा जापानिज इन्सेफ्लाइटिस नियन्त्रण अभियान

images
images
शुक्रवार, भाद्र १३ २०८२
शुक्रवार, भाद्र १३ २०८२
  • वीरगन्ज । पछिल्लो समय जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले विभिन्न स्थानका पशुपन्छी फार्ममा विशेष अनुगमन तथा जनचेतनामूलक अभियान सञ्चालन गरेको छ।

    images
    images

    महानगरको वडा नं १९ बरवा र वडा नं २२ मनियारीका सुँगुर तथा बङ्गुर फार्ममा गरिएको अनुगमनका क्रममा किसान र स्थानीयलाई रोगको जोखिमबारे सचेत गराइएको छ। अभियानमा कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखा, वन पर्यावरण शाखा र महानगर प्रहरी बलको संयुक्त टोली सहभागी थियो।

    सुँगुरपालन क्षेत्रमा रोगको सम्भावना बढी हुने भएकाले सरसफाइमा निरन्तर ध्यान दिन, पानी जम्न नदिन, मलमूत्रको उचित व्यवस्थापन गर्न तथा लामखुट्टे नियन्त्रणका उपाय अपनाउन किसानलाई आग्रह गरिएको छ ।साथै फार्मभित्र बाहिरी व्यक्तिको आवागमन नियन्त्रण, पशुपन्छीलाई स्वच्छ वातावरण उपलब्ध गराउने र दैनिक सरसफाइलाई प्राथमिकतामा राख्ने विषयमा जोड दिइएको हो ।

    images
    images

    जोखिमपूर्ण क्षेत्रमा रहेका दलित बस्तीहरूमा समेत जनचेतना कार्यक्रम सञ्चालन गरिएको छ, जहाँ स्थानीयलाई सामूहिक सरसफाइमा सहभागी हुन र लामखुट्टे नियन्त्रणमा प्रत्यक्ष सरोकारवाला बन्न प्रेरित गरिएको थियो ।महानगर प्रमुख राजेशमान सिंहले रोग नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै नियमित रूपमा औषधी छर्किने र फार्मस्तरमा सरसफाइ अनुगमनलाई तीव्रता दिइएको जानकारी दिए ।अनुगमन टोलीमा पशु चिकित्सक डा. सुदिपकुमार शर्मा, वातावरण शाखाका प्रकाश ऐर र महानगर प्रहरी निरीक्षक हरि भुसाल सहभागी थिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend