images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • मुग्लिन–पोखरा खडकः पश्चिम खण्ड जामुनेमा धमाधम...

मुग्लिन–पोखरा खडकः पश्चिम खण्ड जामुनेमा धमाधम कालोपत्र गरिँदै

मुग्लिन–पोखरा खडकः पश्चिम खण्ड जामुनेमा धमाधम कालोपत्र गरिँदै

images
images
शुक्रवार, भाद्र १३ २०८२
शुक्रवार, भाद्र १३ २०८२
  • तनहुँ । मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत जामुने बजारमा कालोपत्र गर्न सुरु भएको छ । यो खण्डको ३९ किलोमिटरमध्ये ३६ दशमलव ८ किलोमिटर कालोपत्र भइसकेको छभने बाँकी खण्डमा धमाधम कालोपत्र भइहेको छ । 

    images
    images

     मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड)का प्रमुख कृष्ण कुँवरका अनुसार पश्चिम खण्डअन्तर्गत म्याग्देको मौरीओडार, शुक्लागण्डकीको दुलेगौडा, कास्कीको विजयपुल, पोखरा विश्वविद्यालय आसपास कालोपत्र गर्न बाँकी  छ । यो खण्डका १२ मध्ये १० पुल निर्माण भएका छन्भने एक सय कल्भर्टमध्ये ९२ वटा कल्भर्ट पनि बनेका छन् । सात अर्ब ४० करोडको लागतमा प्रारम्भ भएको यो खण्डको काम आगामी पुसमा सम्पन्न गर्ने लक्ष्य छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend