images

२०८३ आश्विन १७ गते

images
images
images

श्रम क्षेत्रकाे डिजिटलाइजेसन अन्तिम चरणमा

श्रम क्षेत्रकाे डिजिटलाइजेसन अन्तिम चरणमा

images
images
शुक्रवार, भाद्र १३ २०८२
शुक्रवार, भाद्र १३ २०८२
  • काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रम डिजिटलाइजेसन’ अभियान अन्तिम चरणमा पुगेको जनाएको छ ।मन्त्री शरतसिंह भण्डारीको नेतृत्वमा अघि बढाइएको यस अभियानमार्फत मन्त्रालय तथा यसअन्तर्गतका निकायहरूले प्रदान गर्दै आएको सम्पूर्ण सेवालाई छिटोछरितो, पारदर्शी, जनमुखी र झन्झटरहित बनाउन लागिएको हो।

    images
    images

    मन्त्रालयका अनुसार श्रमिक दर्ता, सामाजिक सुरक्षा कोषमा योगदान, वैदेशिक रोजगार अनुमति, श्रम स्वीकृति लगायतका सम्पूर्ण प्रक्रिया अब डिजिटल प्रणालीमार्फत सहज रूपमा सम्पन्न गर्न सकिनेछ। यसले सेवाग्राहीलाई लाइनमा बस्नुपर्ने, कागजी प्रक्रिया भोग्नुपर्ने वा मध्यस्थको भर पर्नुपर्ने अवस्था अन्त्य गर्नेछ।

    डिजिटलाइजेसन अभियानले समय र स्रोतको बचत मात्र नभई श्रम क्षेत्रमा सुशासन सुनिश्चित गर्ने र श्रमिकदेखि रोजगारदाता सबै पक्षलाई लाभ पुर्‍याउने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।मन्त्रालयले यसलाई श्रमिक वर्गप्रति आफ्नो प्रतिबद्धताको जीवन्त उदाहरणका रूपमा लिएको छ र सबै सरोकारवालाले यस अभियानलाई सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend