images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • माथिल्लो मेवाखोला हाईड्रोले बनाईदियो करिव नौ...

माथिल्लो मेवाखोला हाईड्रोले बनाईदियो करिव नौ किलाेमिटर सडक

माथिल्लो मेवाखोला हाईड्रोले बनाईदियो करिव नौ किलाेमिटर सडक

images
images
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • ताप्लेजुङको मिक्वाखोला गाउँपालिका मुख्य प्रभाव क्षेत्र रहेको माथिल्लो मेवाखोला जलविद्युत आयोजनाले पालिकाको वडा नम्बर ४ स्थित फुङफुङ्गे झरनादेखि वडा नम्बर ५ सिम्बुकसम्म पुग्ने ९ किलोमिटर मोटरबाटो बनाईदिएको छ ।  सौर्य होल्डिङ प्रालिद्वारा प्रवर्धित ३१.९२ मेगावाट क्षमताको मेवाखोला जलविद्युत आयोजनाले २०८१ साल माघ २ गतेदेखि मोटरेवल सडक खन्न सुरु गरी २०८२ सालको भदौ ११ गते फुङफुङ्गे झरनादेखि दलैंचा हुदै वडा नम्बर ५ को सिम्वुकसम्म जोडेको आयोजनाका प्रवन्धक कल्याण गौतमले जानकारी दिए ।  

    images
    images

    भौगोलिक र दुरीका हिसावले दुर्गम मानिएको उक्त क्षेत्रमा सडक निर्माण कार्य पूरा भएपछि जलविद्युत आयोजनाले मोटरेवल सडक निर्माण कार्यमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेको छ । ६ अर्ब ३७ करोड रुपैयाँको लागतमा निर्माण सुरु भएको मितिबाट तीनवर्ष भित्र पूरा गर्नेगरी माथिल्लो मेवाखोला जलविद्युत आयोजनाले प्रारम्भिक कार्य सुरु गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाका लागि फाइनान्सियल क्लोजर सम्बन्धी सम्झौतामा गत जेठ अन्तिम सातामात्र हस्ताक्षर भइसकेको छ ।  

    सम्झौताअनुसार यस आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ र लक्ष्मी सनराइज बैंकको सहभागितामा बनेको कन्सोर्टियमले ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्नेछ । कुल लागतमध्ये बैंकले ७५ प्रतिशत लगानी गर्नेछ र बाँकी २५ प्रतिशत रकम सौर्य होल्डिङले हकप्रद जारीबाट उठेको रकम लगानी गर्नेछ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend