काठमाडौं । भदौ १२, पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ स्थित सातकिलोमा पहिरो खसेपछि काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आज बिहान साढे तीन बजे तिर खसेको पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको हो।
डिएसपी सुवास हमालका अनुसार राति पनि सोही स्थानमा पहिरो खसेर सडक केही समयका लागि अवरुद्ध भएको थियो। उक्त पहिरो पन्छाएर केही घण्टा सवारीसाधन सञ्चालनमा आए पनि आज बिहान पुनः खसेको पहिरोले पुनः दुबै तर्फको सवारी आवागमन रोकिएको हो।
हाल पहिरो पन्छाउने कार्य जारी रहेको र सकेसम्म छिटो सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा आवश्यक परे नजिकको सुरक्षित स्थानमा रोकिएर जानकारी पर्खन आग्रह गरेको छ।




.gif)





