images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • अरनिको राजमार्ग स्तरोन्नति रोकिएको काम पुनः...

अरनिको राजमार्ग स्तरोन्नति रोकिएको काम पुनः सुरु, बनेपामा अवरोध कायमै

अरनिको राजमार्ग स्तरोन्नति रोकिएको काम पुनः सुरु, बनेपामा अवरोध कायमै

images
images
बुधवार, भाद्र ११ २०८२
बुधवार, भाद्र ११ २०८२
  • काठमाडौँ । भदौ ११, काभ्रेपलाञ्चोक मनसुनका कारण रोकिएको अरनिको राजमार्ग अन्तर्गत सूर्यबिनायक–धुलिखेल सडकखण्डको स्तरोन्नतिको काम पुनः सुरु गरिएको छ। हाल बनेपा नगरपालिका–१० को जनागाल क्षेत्रबाट पिच गर्ने प्रक्रिया अगाडि बढाइएको सडक आयोजनाले जनाएको छ।

    images
    images

    सडक पिच गर्नका लागि हाल ‘सिमेन्ट ट्रिटेड बेस (CTB) को काम भइरहेको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिए। उनका अनुसार असार र साउन महिनामा मनसुनका कारण काम रोकिएको थियो।

    खनालका अनुसार जनागालबाट भैँसेपाटी हुँदै साँगातर्फ ऋत्द्य को काम थालिएको छ। धुलिखेल क्षेत्रको २८ किलो भन्ने स्थानमा भने एक घर हटाउनुपर्ने र केही स्थानमा ‘हाइटेन्सन लाइन’को पोल सार्न बाँकी रहेको छ।

    images
    images

    बनेपाको पुलबजारमा काम अझै ठप्प,यसबीच, बनेपाको पुलबजार क्षेत्रमा स्थानीयको अवरोधका कारण करिब छ महिना देखि सडक विस्तार कार्य ठप्प छ। करिब २०० मिटर क्षेत्रको सेन्टर लाइन विवादले गर्दा निर्माण कार्य अघि बढ्न सकेको छैन।

    स्थानियले दायाँबायाँ ७५।७५ फिट बराबर जग्गा नछुट्याइएको भन्दै विरोध जनाएपछि काम रोकिएको हो। विभिन्न निकायको समन्वयमा समस्या समाधानको प्रयास भए पनि समाधान हुन सकेको छैन।

    हाल चण्डेश्वरी खोला देखि बनेपा चारदोबाटो सम्म करिब एक किमी सडकको ढल निर्माण कार्य भने भइरहेको खनालले बताए।

    कार्य सम्पन्नको समयसीमा पुग्न कठिन, १६ किमी लम्बाइको सूर्यबिनायक–धुलिखेल सडक विसं २०७९ पुस २४ गतेदेखि स्तरोन्नति कार्य सुरु गरिएको हो। ३६ महिनाभित्र कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि हालसम्म सूर्यबिनायक–साँगा खण्डको ३७ प्रतिशत र साँगा–धुलिखेल खण्डको ५० प्रतिशत मात्र काम सम्पन्न भएको खनालले जानकारी दिए।

    साँगा–धुलिखेल खण्डमा विशेषतः बनेपाको सहरी क्षेत्र, पुल, निजी घरको विवाद तथा मापदण्डभित्रका घर हटाउन नसक्दा ढिलाइ भएको छ। आगामी महिनामा करीब ६५ प्रतिशत काम मात्र सकिने अनुमान गरिएको छ।

    बजेट र ठेक्का विवरण,सडक विस्तार दुई चरणमा बाँडिएको छः

    साँगा–धुलिखेल (८.४ किमी) खण्डको लागतः रु ४ अर्ब ५ करोड ६४ लाख

    सूर्यबिनायक–साँगा खण्डः रु ३ अर्ब ८८ करोड ९३ लाख

    सडक छ लेनमा विस्तार गर्ने लक्ष्य राखिएको भए पनि हाल सम्मको प्रगति हेर्दा निर्धारित समयभित्र काम सम्पन्न हुन नसक्ने प्रष्ट देखिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend