images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • कैलालीको मोहना नदीमा झोलुङ्गे पुल निर्माणपछि...

कैलालीको मोहना नदीमा झोलुङ्गे पुल निर्माणपछि स्थानीयलाई सहजता

कैलालीको मोहना नदीमा झोलुङ्गे पुल निर्माणपछि स्थानीयलाई सहजता

images
images
मंगलवार, भाद्र १० २०८२
मंगलवार, भाद्र १० २०८२
  • काठमाडौँ । कैलाली जिल्लाको कैलारी गाउँपालिका–३ मोहनपुर र वडा नं ४ भितरीया सिमानामा रहेको मोहना नदीमा झोलुङ्गे पुल निर्माणपछि स्थानीयवासीलाई ठूलो राहत पुगेको छ।

    images
    images

    मोहना नदी पारी मोहनपुर र वारी भितरीया गाउँ रहेको यस क्षेत्रमा मोहनपुरमा मात्र ९५ परिवारका करिब ५२५ जनाको बसोबास रहेको छ। वि।सं। २०३६ सालदेखि बसोबास गर्दै आएका स्थानीयले लामो समयसम्म नदी पार गर्न जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता भोग्दै आएका थिए।

    हालै सम्पन्न झोलुङ्गे पुलले दैनिक आवतजावतमा सहजता ल्याएको मोहनपुरका भलमन्सा शीतलप्रसाद डङ्गौराले जानकारी दिए। उनका अनुसार, “औषधि उपचार, विद्यालय, कुटानी पिसानी लगायतका कामका लागि जोखिम मोलेर नदी तर्नुपर्थ्यो। अहिले पुल बनेपछि धेरै सहज भएको छ।”

    images
    images

    पुल नहुँदा हिउँदमा रुखका चाक्ला र अन्य समयमा काठको डुङ्गाको सहाराले स्थानीयले आवतजावत गर्ने गर्थे। नेपाल रेडक्रस सोसाइटी र मर्सिकोर संस्थाले डुङ्गा र लाइफ ज्याकेट सहयोग गरेपछि झण्डै १२ वर्षसम्म डुङ्गाबाट नदी तर्ने गरिएको थियो।

    अब भने ती समस्या समाधान भएको गाउँ अगुवा लिखराज डङ्गौरा थारुले बताए। पुल निर्माणपछि विद्यालय जाने बालबालिकालाई धेरै सहज भएको स्थानीय चुनीराम डङ्गौरा थारुले उल्लेख गरे। उनका अनुसार, “पहिले साँझबिहान बजार जान काठको डुङ्गा चलाउनु पर्थ्यो, अहिले पुल भएकाले आनन्दले हिँडडुल गर्न सकिन्छ।”

    सङ्घीय सरकारको सहरी विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विभागको सस्पेन्सन ब्रिज डिभिजनमार्फत रु ३ करोड ४३ लाखको लागतमा पुल निर्माण गरिएको हो। निर्माणका लागि एमपी ठेगिम सनलाइट जेभी, नेपालगञ्ज बाँकेसँग २०७८ असोज १३ गते सम्झौता गरिएको थियो। निर्माण कार्य २०७९ माघ १० गते सम्पन्न भएको हो।

    झोलुङ्गे पुलको निर्माणले दशकौंको पीडामा मल्हम लगाइ दिएको भन्दै स्थानीयवासी खुशी व्यक्त गरिरहेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend