images

२०८३ आश्विन १८ गते

images
images
images

नारायणगढ–मुग्लिन सडक दुइतर्फी अवरुद्ध

नारायणगढ–मुग्लिन सडक दुइतर्फी अवरुद्ध

images
images
शनिवार, भाद्र ७ २०८२
शनिवार, भाद्र ७ २०८२
  • काठमाडौँ । भाद्र ७, चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहान देखि अवरुद्ध भएको छ। बिहान ६ः३५ बजे तिर चट्टान सहितको सुक्खा पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको हो।

    images
    images

    इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार सडक खुलाउन विपद् व्यवस्थापन टोली घटनास्थलमा परिचालित गरिएको छ। प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने कार्य भइरहेको छ।

    सडक अवरुद्ध भएपछि गन्तव्यतर्फ गइरहेका सवारीसाधनहरु बीचमै रोकिएका छन्। यस सडकखण्ड पहिरोका कारण पटक–पटक अवरुद्ध हुने समस्या रहँदै आएको छ।

    images
    images

    सडक कहिले खुल्ने भन्नेबारे यकिन समय तय नभएको जनाइएको छ। यात्रुलाई वैकल्पिक व्यवस्था र आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend