images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • बाजुरामा निरन्तर वर्षाले साँफे–मार्तडी सडक अवरुद्ध,...

बाजुरामा निरन्तर वर्षाले साँफे–मार्तडी सडक अवरुद्ध, सवारी आवागमन ठप्प

बाजुरामा निरन्तर वर्षाले साँफे–मार्तडी सडक अवरुद्ध, सवारी आवागमन ठप्प

images
images
शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ २०८२
  • काठमाडौँः साउन ३१ । बाजुरामा निरन्तर भइरहेको वर्षाका कारण जिल्ला सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ। बडीमालिका नगरपालिका–४ स्थित रिला खोलामा आएको बाढीले सडक बगाउँदा यातायात सेवा पूर्णरूपमा ठप्प भएको हो।

    images
    images

    जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीका अनुसार, रिला गाउँको माथिल्लो भेगबाट पहिरो खस्दा खोलामा बाढी आएको र त्यसकै कारण राजमार्ग अवरुद्ध भएको हो।

    सडक खुलाउन प्रयास जारी, राजमार्ग सुचारु गर्न सडक डिभिजन कार्यालयसँग JCB मार्फत बाटो खुलाउने प्रयास भइरहेको छ। तर निरन्तर वर्षा भइरहेकाले पहिरो हटाए पनि माथिबाट पुनः खसिरहने अवस्था रहेकोले सडक खुलाउन कठिनाइ भएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए।

    images
    images

    यस अवरोधका कारण लामो तथा छोटो दूरीका सवारी साधन पूर्णरूपमा ठप्प भएका छन्। स्थानीयवासी तथा यात्रुहरू आवतजावतमा ठूलो समस्या भोगिरहेका छन्।

    सावधानी अपनाउन आग्रह, प्रहरी प्रशासनले मौसममा सुधार नआए सम्म यात्रा नगर्न र सतर्क रहन अनुरोध पनि गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend