काठमाडौं, ३० साउन। सरकारले आउँदो दसैंमा उपत्यकाबाट बाहिरिने जनसाधारण मार्फत ‘सुरुङ युग’ को सन्देश दिन नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आंशिक रूपमा सञ्चालन गर्ने तयारी गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष निर्देशन पछि तिव्र गतिमा काम भइरहेको यो सुरुङमार्ग प्राविधिक परीक्षण पछि दसैंको भीडमा आंशिक रूपमा सञ्चालनमा ल्याइने तयारी छ। यद्यपि निजी क्षेत्रलाई जिम्मा दिएर औपचारिक रूपमा सुरुङ सञ्चालन गर्नुपर्ने प्रक्रिया भने २०२६ जनवरीमा मात्र सम्पन्न हुने सरकारको भनाइ छ।
९३ प्रतिशत काम सम्पन्न, पुस देखि औपचारिक सञ्चालन सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसीका अनुसार सुरुङमार्गको ९३ प्रतिशत भौतिक प्रगति भइसकेको छ। निर्माण कार्य आगामी पुस सम्म सम्पन्न गरी पुसबाटै औपचारिक रूपमा सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ।
प्रधानमन्त्री कार्यालयको सक्रियतामा गृह मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय सँग छलफल गरी दसैं विशेष अवधिमा परीक्षण स्वरूप सुरुङमार्ग सञ्चालन गर्ने तयारी भइरहेको एक सचिवले जानकारी दिए।
सुरुङमार्ग प्रयोग गर्दा ७० प्रतिशत सम्म खर्च बचत सुरुङमार्ग सञ्चालन सँगै सवारीसाधनको इन्धन, टायर, पार्टपुर्जा लगायतमा करिब ७० प्रतिशत खर्च बचत हुने सरकारको दाबी छ। २.६ किमी लामो यो सुरुङमार्ग प्रयोग गर्दा पुरानो सडक भन्दा ८ किमी यात्रा छोटिनेछ।
सुरुङमार्ग दस्तुरः जान सस्तो, आउन महँगो सवारीसाधनका लागि दस्तुर दर समेत मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ। दर यस प्रकार छन्ः
कार।भ्यानः काठमाडौं छिर्दा रु ६५, बाहिरिँदा रु ६०, मिनिबस।ट्रकः छिर्दा रु ११५, बाहिरिँदा रु ८०, बस।ठूलो ट्रकः छिर्दा रु २६०, बाहिरिँदा रु २००, भारी सवारीः छिर्दा रु ६००, बाहिरिँदा रु २००,
यो दस्तुर वैज्ञानिक मूल्यांकनका आधारमा निर्धारण गरिएको बताइएको छ। विशेष सर्तहरूस् कस्ता सवारीले प्रयोग गर्न पाउँदैनन्?
सडक मापदण्ड अनुसार १८ मिटरभन्दा लम्बाइ, २.५ मिटरभन्दा चौडाइ र ४.७५ मिटर भन्दा अग्लो सवारीले सुरुङ प्रयोग गर्न पाउँदैन। साथै, मालबाहक सवारीका लागि तौलको पनि सीमितता तोकिएको छ।
स्वेच्छिक तर प्रभावकारी विकल्प सुरुङमार्ग प्रयोग अनिवार्य नभइ स्वेच्छिक भएकाले समय र खर्च बचत गर्न चाहनेका लागि यो प्रभावकारी विकल्प हुने सरकारको दाबी छ। परीक्षण सफल भएमा दसैंको चाप व्यवस्थापनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।




.gif)





