images

२०८३ आश्विन १७ गते

images
images
images

शिव पार्वती एग्रोको व्यापार १६% ले घट्यो, कतिको गर्‍यो व्यापार?

शिव पार्वती एग्रोको व्यापार १६% ले घट्यो, कतिको गर्‍यो व्यापार?

images
images
बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • काठमाडौं । शिव पार्वती एग्रो प्रालिको व्यापार १६ प्रतिशतले घटेको छ। कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १६ प्रतिशतले घटेको हो ।कम्पनीले सन् २०२४ मा १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२५ मा १ अर्ब ४४ करोड १० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा उच्च कारोबार गरी नयाँ रेकर्ड कायम गरेको थियो । कम्पनीअनुसार सन् २०२४ मा व्यापार ४१ प्रतिशतले बढेको थियो ।

    images
    images

    त्यस्तै कम्पनीले सन् २०२२ मा ३१ करोड रुपैयाँ र सन् २०२३ मा १ अर्ब २१ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०१९ मा स्थापना भएको कम्पनीले धान प्रशोधन गरी चामल उत्पादन गर्दै आएको छ । पर्सा जिल्लाको परसौनीमा रहेको उद्योगबाट प्रतिघन्टा ११ मेट्र्रिक टन चामल उत्पादन क्षमतामा सञ्चालन भइरहेको छ ।

    कम्पनीले चामलसँगै धानबाट उत्पन्न हुने भुस पनि बिक्री गर्दै आएको छ । कम्पनीले सन् २०२५ मा २.६० प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा १.०७ प्रतिशतले नाफा कमाएको थियो ।कम्पनीले प्रशोधन गरेको चामल कलम, रोशनी, गोरखनाथ र बाँसबारी ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।मनोजकुमार गुप्ताको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ३५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४४ करोड ७० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ९० करोड ३० लाख रुपैयाँको रेटिङ गराएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend